२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

राप्रपा सिद्धार्थनगर–२ को अधिवेशन सम्पन्न

आइतवार , माघ ११, २०७७

  • 10.4K
    Shares
  • 10.4K
    Shares
  • भैरहवा, ११ माघ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को भेला तथा अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले राम बहादुर यादवको अध्यक्षतामा २७ सदस्यीय वडा इकाई समिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा राज कुमार यादव, सचिवमा सुग्रीम यादव, कोषाध्यक्षमा राजमति कोहार र सह–सचिवमा अनरजीत गुप्ता रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा छेदीलाल श्रीवास्तव, राम कृपाल वनिया, सन्तदेव पाठक, जर्नादन केवट, सन्त कुमार यादव, सोमइ बनिया, प्रदीप बनिया, उदयराज यादव, तिरथ हरिजन, अनिता जि.सी., विन्दु हरिजन, शिव कुमारी कोहार, दशरथ कोहार, केशव शर्मा, मालती वनिया, रामनेवास हरिजन, रामवचन गुप्ता, रामकेश यादव, रविन्द्र हरिजन, श्याम कोहार, बल बहादुर थापा र अमित श्रीवास्तव निर्वाचित भएका छन् ।

    त्यसै गरी सल्लाहकारमा थमानसिंह जि.सी., पटेश्वरी जयसवाल, भिखु गुप्ता र कौलमती कोहार रहेका छन् ।

    राप्रपा रुपन्देहीका उपाध्यक्ष एवं अधिवेशन संयोजक अजय कुमार गुप्ताको अध्यक्षता, जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा नेता अर्जुन थापा, बलराम शर्मा, शंकर खत्री, दिपक पाण्डे, गुमान सिंह सोनी, विरेन्द्र ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।