images
images

मंगलवार, जेठ १ गते २०८१

पूर्वाधार अभाव नै क्रिकेट विकासको चुनौती : शक्ति गौचन

पूर्वाधार अभाव नै क्रिकेट विकासको चुनौती : शक्ति गौचन

images
images
images
शनिवार, भाद्र ९ २०८०
शनिवार, भाद्र ९ २०८०
  • पूर्वाधार अभाव नै क्रिकेट विकासको चुनौती : शक्ति गौचन

    बुटवल, ९ भदौ । 
    राष्ट्रिय क्रिकेटर शक्ति गौचन शनिबार रोटरी क्लब अफ बुटवलको बैठकमा गेष्ट स्पीकरका रुपमा सहभागी भए । रोटरी क्लबको १ हजार ४ सय ७७ औं नियमित बैठकमा सहभागी गौचनले नेपाली क्रिकेटको विगतदेखि वर्तमान सम्मको अवस्था, क्रिकेटको भविष्य, क्रिकेट खेलाडीहरुको सम्भावनाका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखे ।

    images
    images
    images

    उनले माथिल्लो स्तरका वा टेस्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतियोगिता गर्न नेपालमा सुरक्षित मैदान समेत नभएको भन्दै यसका लागि राज्यले ठोस भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘पछिल्लो समय नेपाली क्रिकेट आफ्नो लयमा फर्किएको छ, नेपाली क्रिकेटले आगामी दिनमा पनि यही लय समात्यो भने निश्चित रूपमा हामी थप एक स्तर माथि पुग्न सक्छौं, ’उनले भने ।

    खेलाडीका लागि नियमित अभ्यास गर्न केही मैदान अभ्यासका लागि पिचहरू भए पनि प्रयाप्त पूर्वाधार नहुँदा क्रिकेटको विकासमा चुनौती थपिएको गौचनको भनाइ छ । ‘हामीसँग माथिल्लो स्तरका या टेस्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतियोगिता गर्न सुरक्षित मैदान छैन, ’उनले भने । 

    नेपालले टेष्ट मान्यताका लागि खेलाडीहरुले कठिन संघर्ष गरिरहेको भन्दै उनले टेस्ट खेल्ने हो भने कम्तीमा पनि अन्तर्राष्ट्रियस्तरका गतिला दुई रंगशाला चाहिने बताए । 

    राष्ट्रको खेलकुद विकासका लागि खेलाडीको वृत्ति विकास पनि महत्वपूर्ण हुने भन्दै उनले अहिले खेलाडीहरुले पाइरहेको सेवा सुविधा प्रयाप्त नभएको बताए । ‘विगतमा भन्दा धेरै सुधार त भएको छ, खेलाडीहरुको वृत्ति विकासको लागि प्रयाप्त भने छैन, ’उनले भने । गौचनले आफ्ना समकालीन पारस खड्का क्यानको नेतृत्वमा जाने तयारीमा रहेको भन्दै उनीबाट क्रिकेट विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।

    उनले आफू रुपन्देहीबासी भएकाले नयाँ खेलाडी जन्माउन प्रयासरत रहेको बताए । आफूले समयमै क्रिकेटबाट सन्यास नलिएको भए अहिले कुशल मल्ल जस्ता खेलाडी राष्ट्रिय टीममा नहुन सक्ने भन्दै उनले क्रिकेटप्रतिको नयाँ पुस्ताको आकर्षणलाई बचाएर लैजानु पनि त्यत्तिकै आवश्यक रहेको बताए । 

    बैठकमा क्लबका अध्यक्ष करुण खनालले राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई क्लबको बैठकमा बोलाएर क्रिकेटप्रतिको ज्ञान, अनुभव र भावी संभावनाका कुरा गर्ने अवसर पाउँदा गौरव लागेको बताए । 

    त्यस अवसरमा रोटरीयनहरु मणिरत्न पाण्डे, शिवकुमार ज्ञवाली, अजयमान श्रेष्ठ, तारानाथ भट्टराई, बोनिन पिया, खिमनारायण पराजुलीगायतले क्रिकेटर गौचनसँग विभिन्न जिज्ञासा राखेका थिए ।  

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij