२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

मेडिकोफ्युजनले दियो स्वास्थ्यकर्मीलाई तनाव पहिचान र व्यवस्थापन तालिम 

शनिवार , माघ १०, २०७७

बुटवल, १० माघ ।
रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रीड नेपालले महामारीको समयमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई ‘तनाव पहिचान र व्यवस्थापन’ तालिम प्रदान गरेको छ । क्लबले अलग–अलग रुपमा नर्स र प्यारामेडिक्सहरुलाई सो तालिम प्रदान गरेको हो ।  

दैनिक पेशागत काम गर्दा स्वास्थ्यकर्मीलाई सामाजिक तथा पारिवारिक प्रभाव मात्र नभै कार्यस्थलमै धेरै तनाव हुने भएकाले त्यसको व्यवस्थापनको लागि तालिम दिइएको क्लबका अध्यक्ष्य डा. सन्तोष पोख्रेलले बताए ।  उनका अनुसार व्यक्तिलाई तनाब भएको कसरी थाहा पाउने र सो बेला आफ्नो स्टाफ म्यानेजमेन्ट कसरी गर्ने भन्ने कुरामा तालिम केन्द्रित रहेको थियो ।  प्रशिक्षक मनोरोग बिशेषज्ञ रोटरियन डा. विक्रम काफ्लेका अनुसार आफुलाई मात्र नभइ आफ्नो सहकर्मीहरुलाई पनि तनाब भए कसरी मद्दत गर्न सकिन्छ भन्ने बारेमा पनि तालिममा जानकारी गराइएको थियो ।  

पहिलो चरणमा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा गरिएको यो तालिम आगामी दिनमा अन्य स्वास्थ्य संस्थामा पनि क्रमिक रुपमा दिइने अध्यक्ष डा. पोख्रेलले जानकारी दिए । तालिममा सहभागी नर्स मनमाया थापाले तालिम निकै समयसापेक्ष र जीवनउपयोगी भएको बताइन् । तालिमको विषयवस्तु सामाग्री निर्माण स्वास्थ्य मन्त्रालय, कान्ति बाल अस्पताल, सिडब्लुआईएन र युनिसेफको समायोजनमा भएको हो ।