शनिवार , माघ १०, २०७७
भैरहवा, १० माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वडा नम्बर ७ को वडा भेला तथा अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले रमजान मुसलमानको अध्यक्षतामा ३३ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा मिन बहादुर रोक्का, उपाध्यक्षमा चोला प्रसाद कंडेल, सचिवमा सरिता राणा गुरुङ, कोषाध्यक्षमा सरिता गुप्ता कानु, सह–सचिवमा दिपक कुमार ढाडी र सह–कोषाध्यक्षमा देवनाथ सिंह ढाडी निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा श्रीनिवास धोवी (मदन), रामरति धोव, गिता पोखरेल शर्मा, राहुल कानु वनिया, पवित्रा सिंह, माधव शर्मा, टुना कुवर, यम कुमारी कुवर, मिना शर्मा, शशि अर्याल, सुष्मा गुरुङ, संगिता गुरुङ, संजय ढाडी, दिपक नाउ, शिव कुमार ढाडी र प्रकाश ढाडी निर्वाचित भएका छन् । त्यसै गरी वरिष्ठ सल्लाहकारमा सल्लाहकारमा रिता वि.क.लाई चयन गरिएको पार्टीले जनाएको छ ।
राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष एवं अधिवेशन संयोजक अजय कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यद्वय वसन्त विक्रम शाही, सुमन राणा, रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, सिद्धार्थनगर अध्यक्ष राजेश ढकाल, युवा नेता बलराम शर्मा, ई.चन्द्रभक्त श्रेष्ठ, विश्वप्रकाश श्रेष्ठ, दिपक पाण्डे, विरेन्द्र ज्ञवाली, नेतृ सुमि गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij