२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

त्रिशूली बस दुर्घटना : लुम्बिनीका गृहमन्त्री पाण्डेयद्वारा दुःख व्यक्त

बुधवार , भाद्र ६, २०८०

रुपन्देही, ६ भदौ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय बुधबार धादिङमा भएको यात्रुबाहक बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

गृहमन्त्री पाण्डेयले उक्त बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतक यात्रुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले उद्दार कार्यमा खट्ने सम्पूर्ण सहयोग हातहरुप्रति आभार प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुबाहक बस बुधबार धादिङको गजुरी गाउँपालिका–२ स्थित चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ ।