
बुधवार , भाद्र ६, २०८०
काठमाडौं । जस्मिन पेन्ट्सले आफ्ना ग्राहकका लागि भदौ १ गते देखि ‘रङ्गीन पल खुशी डबल” उपहार योजना ल्याएको छ ।
आउँदै गरेका चाडपर्वहरुलाई लक्षित गर्दै आफ्ना ग्राहकलाई थप खुशी प्रदान गर्ने उदेश्यका साथ ल्याइएको यो योजना मंसिर १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।
यस योजनामा सहभागी हुन ग्राहकहरुले नजिकैको डिलरहरुबाट कम्तीमा ७५ हजार रुपैयाँ भ्याटसहितको जस्मिन पेन्ट्सको उत्पादनहरु खरिद गर्नुपर्ने छ । त्यसबापत कम्पनीले एक लक्की ड्र कुपन प्रदान गर्ने छ ।
विजेताको घोषणा लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ । ४ सय जना ग्राहकहरुले विभिन्न उपहार प्राप्त गर्न सक्ने ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर सन्तोष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यो योजना अन्तरगत १ जनाले यमाहा रे जेड कुटर, ७ जनाले रेडमी १२ वटा स्मार्ट मोबाइल फोन, २० जनाले एक्यू फिट स्मार्ट वाच, ४५ जनाले डीएचआई २।८ लिटर इलेक्ट्रिक राइस कुकर र ३२७ जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij