२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

राप्रपा सिद्धार्थनगर–४ को अधिवेशन सम्पन्न

शुक्रवार , माघ ९, २०७७

  • 5.9K
    Shares
  • 5.9K
    Shares
  • भैरहवा, ९ माघ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को वडा भेला तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हरि बहादुर के.सी.को अध्यक्षतामा १५ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    समितिको उपाध्यक्षमा कुदुश कविराज, सचिवमा अरबिन्द गुरुङ र  कोषाध्यक्षमा युवराज उपाध्याय निर्वाचित भएका छन् ।
    त्यस्तै सदस्यहरुमा सफि मोहम्मद तेली, रुदल धोबी, नजिर अहमद फकिर, राधा हरिजन, मालती चमार, छेदीलाल हरिजन चमार, संगिता हरिजन, छोटेलाल चमार र राजकुमार गुप्ता निर्वाचित भएका छन् । त्यसै गरी सल्लाहकारमा विरेन्द्र ज्ञवाली र मृत्युन्जय

    पाण्डे चयन भएका छन् । 
    राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष तथा अधिवेशन संयोजक अजय कुमार गुप्ताको अध्यक्षता तथा पार्टीका रुपन्देही अध्यक्ष सागर प्रताप राणाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा युवा नेता बलराम शर्मा, अर्जुन थापा, शंकर खत्री, दिपक पाण्डे लगायतको उपस्थिति रहेको थियो ।