२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

लायन्स भलवारी, भैरहवा, सिद्धार्थनगर युथ र लियो भलवारीद्वारा निःशुल्क मधुमेह परीक्षण

मंगलवार , भाद्र ५, २०८०

भैरहवा, ५ भदौ ।
लायन्स क्लब अफ भलवारी, लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लियो क्लब अफ भलवारी युथको संयुक्त आयोजनामा निःशुल्क मधुमेह परीक्षण एवं चिया प्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ । चारवटै क्लबले सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मोक्षधाम सेवा आश्रममा उक्त कार्यक्रम गरेका हुन् ।

लायन्स क्लब इन्टरनेशनल फाउण्डेशनको सहयोग र ए. वन. हेल्थ नेपाल एड्भान्सड् डायग्नोष्टिक प्लोथोजोजी ल्याब, भैरहवाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३७१ जनाको मधुमेह परीक्षण गरिएको लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष सन्दिप नाथ गोंगलले जानकारी दिए । कार्यक्रममा ५ सय कप चिया र ५ सय प्लेट खिर वितरण गरिएको गोंगलले जानकारी दिए । ‘लायन्स अन्तर्राष्ट्रियको विधा अनुसार कार्यक्रम गरिएको हो, उनले भने ।’

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल फस्ट भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स र लियो क्लबले उदाहरणीय कार्य गरेको बताए ।

त्यस्तै विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ का चिफ सतिश कुमार कौसल (दीपक) ले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

लायन्स क्लब अफ भैरहवा युथका अध्यक्ष अर्जुन न्यौपानेको अध्यक्षता, लायन्स क्लब अफ सिद्धार्थनगर युथका प्रथम उपाध्यक्ष निकेश देव हटुवालको स्वागत तथा लायन्स क्लब अफ भलवारीका अध्यक्ष मिन तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा लियो क्लब अफ भलवारीका अध्यक्ष सागर आचार्यलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजकको भूमिका भरत खरेल, सुरेन्द्र त्रिपाठी, मनिस कुमार दास र अभिषेक चौधरीले निर्वाह गरेका थिए ।