२०८२, श्रावण ९ गते

Jul 25 2025 | २०८२, श्रावण ९ गते

लायन्स क्लब अफ बुटवल स्टार्सद्वारा विद्यालयमा सहयोग

सोमवार , भाद्र ४, २०८०

बुटवल, ४ भदौ । 
‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ बुटवल स्टार्सले पाल्पाको एक विद्यालयलाई ४५ हजार रुपैयाँ बराबरको स्टेशनरी, विद्यालय झोला र जिन्सी सहयोग गरेको छ । जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको रत्न माध्यमिक विद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको  हो । सोमबार एक कार्यक्रमको आयोजना गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि झोलासहितको स्टेशनरी सामग्री प्रदान गरिएको क्लबले जनाएको छ । 

लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष रिन्कु लिगलले  विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर जिसी र प्रधानाध्यापक निर बहादुर सारुलाई उक्त स्टेशनरी, झोला प्रदान गरेका हुन् ।

कार्यक्रममा बोल्दै लायन्स इन्टरनेशनल डिष्ट्रि ३२५ पी का सिनियर डिष्ट्रिक एड्भाईजर आशिषकृष्ण श्रेष्ठले क्लबले उदाहरणीय कार्य गरेको बता ।  

कार्यक्रममा वडा सदस्य तथा विद्यालय व्यवस्थापन सदस्य हुम बहादुर सारु, विद्यालयका सहायक प्रधानाध्यापक निता जिसी, ज्ञान प्रसाद श्रेष्ठ, हरि पोखरेललगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रम संयोजक तथा क्लबका द्वितीय उपाध्यक्ष राजन जिसीको जन्मदिनको अवसरमा उक्त कार्यक्रम गरिएको हो ।