२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

डाइनामिक पब्लिक लाइब्रेरीको बुटवल शाखा गठन, अध्यक्षमा खनाल

शुक्रवार , माघ ९, २०७७

बुटवल, ९ माघ । 
डाइनामिक पब्लिक लाइब्रेरीको बुटवल शाखा गठन भएको छ । बुधबार बुटवलमा भएको छलफलबाट युवा व्यवसायी राजिव खनालको संयोजकत्वमा शाखा गठन गरिएको हो ।

संस्थाको बरिष्ठ उपाध्यक्षमा आविष्कार खनाल, उपाध्यक्षहरूमा आविष्कार पराजुली, आशा कार्की, महासचिवमा विनोद पौडेल, कोषाध्यक्षमा युवराज बञ्जाडे, सह–सचिवमा आयुष पौडेल, सह–कोषाध्यक्षमा पारस मरासिनी सर्वसम्मत रुपमा चयन भएका छन् । 
संस्थाको सदस्यहरूमा अच्युत टण्डन, कृष्ण भण्डारी, प्रभात अर्याल, शिशिर न्यौपाने, सविन ज्ञवाली, महेश पौडेल, दिनेश न्यौपाने, रचना पौडेल, प्रकाश श्रीपाली, सन्दीप पोखरेल र स्वीकृति तिवारी चयन भएका हुन् । संस्थाको प्रेस सल्लाहकारमा आचार्य प्रदीप, सल्लाहकारमा अशोक गौतम र कानुनी सल्लाहकारमा बिन्दु भुसाल चयन भएका छन् । 

डाइनामिक पब्लिक लाइब्रेरी जनतामा अध्ययन बानी बसाल्नको लागि विभिन्न कार्यहरू गर्ने बुटवल शाखाका संस्थापक नवनिर्वाचित अध्यक्ष खनालले बताए ।