२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

हाइजिनिक किट्स वितरण

बिहिवार , माघ ८, २०७७

भैरहवा,८ माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सरसफाइको क्षेत्रमा काम गर्ने कर्मचारीलाई बिहीबार स्वास्थ्य सुरक्षा सामग्री (हाइजिनिक किट्स) वितरण गरेको छ । बिहान– सांझ नगरका विभिन्न सडक र फोहोर व्यवस्थापनमा काम गर्दै आएका कर्मचारीहरुलाई स्वास्थ्य सामाग्रीसहितको झोला वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख उमा काफ्लेले सो सामाग्री वितरण गर्दै विपन्न नगरलाई सौन्दर्यकरण गर्ने कार्यमा कर्मचारीको महत्वपूर्ण योगदान गरेको बताइन् । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले जाडो मौसममा केही भए पनि राहत होस् भन्ने उद्देश्यले सो सामग्री वितरण गरिएको बताए । नगरपालिकामा कार्यरत ५२ जना कुचीकार कर्मचारीलाई सो सामग्री वितरण गरिएको सरसफाइ शाखा प्रमुख केशव पौडेलले बताए । नगरपालिकालाई माइती नेपाल भैरहवाले सो सामग्री सहयोग गरेको हो ।