images
images

शनिवार, जेठ ५ गते २०८१

अपांगता परिचयपत्र : सिद्धार्थनगरले दिएको खुशी

अपांगता परिचयपत्र : सिद्धार्थनगरले दिएको खुशी

images
images
images
बुधवार, आषाढ ६ २०८०
बुधवार, आषाढ ६ २०८०
  • अपांगता परिचयपत्र : सिद्धार्थनगरले दिएको खुशी

    भैरहवा, ६ असार ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० का ७० वर्षिय वासुदेव मुराउ कृषक हुन् । कृषि पेशाबाटै उनले परिवारको गुजारा चलाउँदै आएका थिए । परिवारका सदस्यहरुको मुहारमा खुशी झल्काउन सफल थिए उनी । तर, उनको परिवारको सुख दुःखमा परिणत भयो ।

    images
    images
    images

    दशकौदेखिको परिवारको खुशी केही सेकेण्डमै खोसियो । करिब १ वर्षअघि सवारी दुर्घटनामा मुराउले आफ्नो दायाँ खुट्टा गुमाउनुपर्यो । खेतीपाती गरेर परिवारको गुजारा चलाउँदै आएका उनलाई दुर्घटनापछि समस्या पर्न थाल्यो । घरको मुखिया भए तापनि परिवारको गुजारा चलाउन उनी खुट्टाकै कारण वेवस भए । तर, वेवस भए पनि चर्को घाममा पसिना बगाएर हुर्काएका छोराहरु नै उनको सहारा बन्न पुगे । २ छोरामध्ये कान्छो बाध्यताले आफ्नो मुलुक छाडेर वैदशिक रोजगारीका लागि खाडी पुग्नुपर्यो । कान्छो हाल विदेशबाट फर्किएका छन् । तर, परिवारको गुजारा चलाउन दुई भाई छोरामाथि जिम्मेवारी थपिएको छ । कृषि पेशा गरेरै जेनतेन उनीहरुले परिवारको गुजारा चलाउँदैछन् ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–१ का अकरम अली पठान औषधी पसलमा जागिर गर्छन् । उनका ४ छोरी र १ छोरा छन् । माइलो छोरी रुकसाना खातुन जन्मजात कान सुन्न सक्दिनन् । बुवा अकरमले छोरी जन्मिएको ३ महिनापछि भारतको गोरखपुरमा स्वास्थ्य परीक्षण् गराए । र, थाहा पाए छोरीले सुन्न सक्दिनन् । छोरी उमेरले २० वर्ष पुगिन् । तर, सुनाईसम्बन्धी अपांगता रहेकी छोरी राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित थिइन् । पाँच सन्तानसहित परिवारको जेनेतन अकरमले गुजारा चलाउँदै आएका छन् ।

    वासुदेव र रुकसाना प्रतिनिधिमूलक पात्र मात्र हुन् । यस्ता पात्र अधिक छन् । तर, वासुदेव र रुकसाना जस्ता पात्रहरुको संख्या बढ्दै गए पनि राज्यबाट पाउनुपर्ने सेवासुविधाबाट उनीहरु वञ्चित हुँदै आएका थिए । यस किसिमका पात्रहरुलाई सिद्धार्थनगर नगरपालिकाले विशेष निगरानीमा राखेर काम गर्दै आएको छ । परिवारको मुहारबाट खोसिएको खुशी थोरै भए पनि नगरपालिकाको कार्यालयले दिने प्रयास गरेको छ ।

    ‘बुवाको दुर्घटना भएपछि सरकारी निकायबाट पाउनुपर्ने सेवासुविधा कसैले दिएनन, थाहा पनि थिएन’ वासुदेव मुराउका छोरा धर्मेन्द्र मुराउले भने, तर नगरपालिकाको स्थानीय समन्वय समितीले हामीलाई सम्झिएर ह्वील चेयर र राज्यबाट सेवासुविधा लिनका लागि ‘क’ वर्गको अपांगता कार्ड उपलब्ध गराएको छ, नगरपालिकाले राम्रो काम गरेको छ ।’

    नगरमा रहेका अपांगता व्यक्तिहरुलाई नगरपालिकाको कार्यालयको अपांगता परिचयपत्र वितरण गर्ने समेत कार्यका लागि गठित स्थानीय समन्वय समितिले खोजी गर्दै अपांगता व्यक्तिहरुको अधिकार उनीहरुलाई प्रदान गर्न थालेको छ । जसका लागि परिचयपत्र वितरणका लागि कार्यविधि नै बनाइएको छ ।  परिचयपत्र चार भाग ‘क’, ‘ख’, ‘ग’, ‘घ’ मा वर्गीकरण गरिएको छ । समितीको बैठक बसेर मापदण्डअनुसार परिचयपत्र वितरण गर्ने गरिएको छ ।

    ‘हामीले कार्यविधि अनुसार १ वर्षमा १ सय जना अपांगता भएका व्यक्तिहरुलाई खोजी÷पहिचान गरी परिचयपत्र उपलब्ध गराएका छौं’ सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख एवं समितिकी संयोजक उमा अधिकारीले भनिन्, ‘वर्षौ भइसके पनि धेरै जनाले परिचयपत्र पाउनुभएको थिएन, हामी निर्वाचित भएर आएपछि अपांगता व्यक्तिहरु खोजी/पहिचान गर्दै उहाँहरुको अधिकार उहाँहरुलाई दिइरहेका छौँ ।’

    नगरपालिकाले अपांगतालाई १० प्रकार शारीरिक अपांगता, दृष्टि सम्बन्धी अपांगता, सुनाई सम्बन्धी अपांगता, श्रवण दृष्टिबिहीन अपांगता, स्वर र बोलाई सम्बन्धी अपांगता, मानसिक वा मनोसमाजिक अपांगता, बौद्धिक अपांगता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिजमसम्बन्धी अपांगता र बहुअपांगतामा विभाजन गरेको छ ।
    समितिले ४९ जनालाई शारीरिक अपांगता, ५ जनालाई दृष्टि सम्बन्धी अपांगता, ९ जनालाई सुनाई सम्बन्धी अपांगता, २ जनालाई मानसिक वा मनोसमाजिक अपांगता, १२ जनालाई बौद्धिक अपांगता, ४ जनालाई अटिजम सम्बन्धी अपांगता र १९ जनालाई बहुअपांगता परिचयपत्र विवतरण गरिएको समितिकी संयोजक उमा अधिकारीले बताइन् ।

    vv.jpg

    ‘क’ वर्गको ४ जना महिला र १० जना पुरुष गरी १४ जना, ‘ख’ वर्गको २२ जना महिला र ४० जना पुरुष गरी ६२ जना, ‘ग’ वर्गको ३ जना महिला र १५ जना पुरुष गरी १८ जना, ‘घ’ वर्गको १ जना महिला र ५ जना पुरुष गरी ६ जनालाई परिचयपत्र उपलब्ध गराइएको समितिले जनाएको छ । यीमध्ये ‘क’ वर्ग परिचयपत्र प्राप्त व्यक्तिले मासिक ३ हजार ९ सय ९० रुपैयाँ र ‘ख’ वर्गकाले २ हजार १ सय २८ रुपैयाँ प्राप्त गर्ने गरेका छन् । विपन्न परिवारलाई यही सुविधाले समेत थोरै भए पनि राहत पुग्ने नगरपालिकाको विश्वास छ ।

    ‘वितरण गरिएको अपांगता परिचयपत्र, परिचयपत्र मात्र होइन्’ संयोजक अधिकारीले भनिन्, ‘परिचयपत्रकै आधारमा उहाँहरुले राज्यबाट पाउनुपर्ने सवै सुविधा पाउन थाल्नुभएको छ ।’ अन्य व्यक्ति भन्दा अपांगता भएका व्यक्तिहरुलाई राज्यले विभिन्न सेवासुविधा दिदै आएको छ ।

    ‘छोरी जन्मजात कान सुन्न नसक्ने भए पनि राज्यबाट केही सेवासुविधा पाइएको थिएन’ रुकसानाका बुवा अकरमले भने, नगरपालिकाले छोरीलाई अपांगता परिचयपत्र दिएको छ, खुशी लागेको छ, भत्ता समेत पाउन थालिएको छ, यसले थोरै भए पनि हामीलाई राहत भएको छ ।’

    समितिकाअनुसार नगरपालिकाको स्थानीय समन्वय समिति र अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको सहकार्यमा निकै न्यून रकममा नगरका २० जना अपांगता भएका व्यक्तिहरुको काठमाण्डौंस्थित अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रमा उपचारसमेत भइरहेको छ ।  

    ttt.jpg

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij