images

शनिवार, बैशाख २२ गते २०८१

घुमौं लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिताको पुरस्कार वितरण, भैरहवाकी विष्णु पाण्डे द्वितीय

घुमौं लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिताको पुरस्कार वितरण, भैरहवाकी विष्णु पाण्डे द्वितीय

images
images
images
बुधवार, आषाढ ६ २०८०
बुधवार, आषाढ ६ २०८०
  • घुमौं लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिताको पुरस्कार वितरण, भैरहवाकी विष्णु पाण्डे द्वितीय

    लुम्बिनी, ६ असार । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवद्र्धन र प्रचारप्रसार गर्ने उद्देश्यले सञ्चालित घुमौं लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता–२०२३ को विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

    images
    images
    images

    काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले विजयीहरुलाई पुरस्कार प्रदान गरेका हुन । लुम्बिनी विकास कोष र पर्यटन बोर्डको आयोजनामा वैशाख १० देखि जेठ २० गतेसम्म संस्कृति, पर्यटन, भेषभुषा लगायतका सबै कुरा समेटर लुम्बिनीको महत्व झल्काउने गरी टिकटक प्रतियोगिता आयोजना गरिएको थियो ।

    प्रतियोगितामा सचिन लोध प्रथम, विष्णु पाण्डे द्वितीय र गोकुल नकर्मी तृतीय भएका छन् । त्यस्तै क्रियटिभ सेलेक्सनबाट १० जना र उत्कृष्ट छनौटबाट ५० जना पुरस्कृत भएका छन् ।

    b p.jpg

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले पुरस्कृतहरुलाई पुरस्कार दिदै बुद्ध जन्मस्थल र त्यसवरपरका सस्कृतिको प्रचारप्रसार गर्न टिकटक उपयोगी बनेको बताए । 

    पर्यटन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले लुम्बिनी राष्ट्रको अमूल्य हिरा भएको तर यसको महत्व प्रभावकारी रुपमा विश्वसामु फैलाउन नसकेको स्वीकार गर्दै प्रतियोगितामा भाग लिने सबैलाई विशेष धन्यबाद दिईन ।

    सोही कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा. धनन्जय रेग्मीले अहिलेको जमाना टिकटकको भएकोले यस प्रतियोगिताले लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने कुरामा आफू विश्वस्त भएको बताए ।

    लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले टिकटकको छोटो–छोटो भिडियोबाट धेरै जानकारी पाउने युगमा आफू धेरै बोल्न नचाहने बताउँदै सम्पूर्ण विजेता र सहभागीहरुलाई लुम्बिनीको महत्वको विषयमा २ करोडभन्दा धेरै व्यक्तिको माझ एकैपटक पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । प्रतियोगिता इरु टेक प्रा.लि. को प्राविधिक सहयोगमा भएको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij