२०८३, आश्विन १६ गते

Oct 02 2026 | २०८३, आश्विन १६ गते

भैरहवामा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन

शुक्रवार , आश्विन १६, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, १६ असोज । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ । नगर उपप्रमुख तथा अनुगमन समिति संयोजक उमा अधिकारीको नेतृत्वमा बिहीबार अनुगमन गरिएको हो। 

    नगरपालिकाको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत बिजयनाथ चौधरीले नगरपालिकाबाट अनुमति लिइ तथा अनुमतिका लागि आवेदन दिएका स्वास्थ्य संस्थाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको जानकारी दिनुभयो ।
    उहाँले स्वास्थ्य संस्थाहरु मापदण्डअनुसार सेवा सञ्चालन भएका छन् वा छैनन् भनेर पत्ता लगाउन अनुगमन गरिएको बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–८ स्थित रुपन्देही हेल्थ केयर प्रा.लि. र सिद्धार्थनगर नगरपालिका–१ स्थित गौतमबुद्ध आई केयर सेन्टरमा अनुगमन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा सुधार गर्नुपर्ने केही कुराबारे सञ्चालकलाई जानकारी गराइएको थियो । 

    hhhhh.JPG

    त्यस्तै भैरहवाको आँखा अस्पताल नजिकै सञ्चालित लुम्बिनी नेत्रालय प्रा.लि.को सिद्धार्थनगर–१ मा निर्माणाधीन एडभान्स सुपर स्पेसियालिटी आई केयर सिस्टम (मोडुलर अप्रेसन थिएटरसहित)को पनि निरीक्षण गरिएको छ । 

    222.JPG

    अनुगमनमा नगर उपप्रमुख उमा अधिकारी, सिद्धार्थनगर–५ को वडा सदस्य सरस्वती श्रेष्ठ, जनस्वास्थ्य शाखा प्रमुख माधव प्रसाद ज्ञवाली, जनस्वास्थ्य अधिकृत बिजयनाथ चौधरीलगायतको सहभागीता थियो । उपप्रमुख अधिकारीले आगामी दिनमा पनि स्वास्थ्य संस्थाहरुको अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो ।