२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

१० दिनसम्म ६ विधामा विभिन्न प्रतियोगिता गरेर सकियो होराइजन एसईई उत्सव 

शनिवार , आषाढ २, २०८०

बुटवल, २ असार ।
न्यू होराइजन इङलिस बोर्डिङ स्कुल बुटवल–११ द्वारा आयोजित न्यू होराइजन उत्सव शुक्रबार सम्पन्न भएको छ । जेठ २३ गतेदेखि सुरु भएको उत्सवमा विभिन्न विधाका ६ वटा विधामा विभिन्न प्रतियोगिता भएका थिए । 

शुक्रबार प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र कसजूको अध्यक्षता र संस्थाका प्राचार्य लोकनाथ उपाध्यायको उपस्थितिमा सम्पूर्ण प्रतिष्पर्धाका विजेताहरूलाई पुरस्कृत गर्दै समापन गरिएको हो । 

उक्त कार्यक्रममा टी–१० क्रिकेटमा विजेता लुम्विनी वारियर्स र उपविजेता रेति इन्ष्टिच्यूट टीमलाई क्रमशः २० हजार, १० हजार नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । त्यस्तै फुटसल प्रतियोगिताका विजेता सिद्धार्थ एफसी र उप विजेता भी–५ लाई पनि २० हजार, १० हजार प्रमाणपत्र, मेडल र ट्रफीसहित सम्मान गरिएको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए । 

त्यसै गरी हाजिरीजवाफ प्रतियोगिताका विजेता टीम बी स्क्वायर एस, टीम स्कर्लस कम्प्यूटर र टीम चुजनलाई क्रमशः प्रथम पुरस्कार १५ हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय ५ हजार नगद तथा प्रमाणपत्र, कपद्वारा सम्मान गरिएको थियो । भिडियो मेकिङ प्रतिस्पर्धाका विजेतालाई नगर १० हजार र अन्य उत्कृष्ट पाँचलाई प्रोत्साहन पुरस्कार १ हजारका दरले पुरस्कृत गरिएको थियो । 

रोवोटिक्स वर्कसप अन्तर्गत प्रदर्शनीमा राखिएका उत्कृष्ट प्रोजेक्टहरूलाई विशेष सम्मान गरिएको थियो । साथै समापन प्रतिष्पर्धा गायन तथा नृत्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई नगद १२ हजार, ८ हजार र ४ हजारका दरले प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

१० दिनसम्म सञ्चालन भएका कार्यक्रमहरूको संयोजन प्रकाश खनाल, मनोज सिलवाल, प्रकाश पन्थ, लेखनाथ पन्त तथा रमेश रेग्मीले गरेका थिए । 

पूर्व अन्तर्राष्ट्रिय खेलाडी शक्ति गौचन उपस्थित रहेको संगीत उत्सव कार्यक्रममा निर्णायकको भूमिकामा लोकेन्द्र शाह, कल्पना कुसुम तथा विसाल श्रेष्ठ रहेका थिए । संस्थाका उपप्राचार्य बालकृष्ण भण्डारीको स्वागत मन्तव्य, प्रकाश गौतम तथा प्रकाश खनालको सञ्चालन रहेको कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने अवसरहरू विद्यालयले निरन्तर रुपमा गरिरहेकोले उत्कृष्ट शैक्षिक नतिजासँगै अतिरिक्त क्रियाकलापमा पनि राष्ट्रमै अब्बल नतिजा हासिल गरिरहेको बताए ।