मंगलवार, मंसिर १९ गते २०८०

अष्ट्रेलिया बस्दै आएका गुल्मीका बिनोद कुवँरले रुपन्देहीमा एकल स्वामित्वमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउदै 

अष्ट्रेलिया बस्दै आएका गुल्मीका बिनोद कुवँरले रुपन्देहीमा एकल स्वामित्वमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउदै 

images
images

खबर पात्रो

३०, जेठ २०८०
  • 32.4K
    SHARES
  • अष्ट्रेलिया बस्दै आएका गुल्मीका बिनोद कुवँरले रुपन्देहीमा एकल स्वामित्वमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउदै 

    रुपन्देही ३० जेठ । निजि स्वामित्वमा नेपालमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माण हुने भएको छ । रुपन्देहीको तिलोत्तमामा ४० करोड रुपैयाँको निजी लगानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुन लागेको हो । 

    गुल्मीको मदाने गाउँपालिका ४ काभ्रे घरभई हाल अष्ट्रेलियाको सिड्नीमा व्यवसाय गर्दै आएका ईं. बिनोद कुवँरले एकल लगानीमा तिलोत्तमा नगरपालिका वडा नम्बर १७ दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान बनाउन लागेका छन् ।

    images
    images

    मैदानको एक कार्यक्रमका वीच शिलान्यास गरिएको छ । मैदानको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले शिलन्यास गर्नुभयो । उहाँले क्रिकेट मैदान निर्माणका लागि स्थानिय सरकारको तर्फबाट आबश्यक सबै सहयोग गर्ने बताउनु भएको छ । 

    पौने ५ बिघा जग्गा किनेर मैदान निर्माणको प्रक्रिया अगाडि बढाइएकोमा थप जग्गा खरिदको प्रक्रिया जारी रहेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले बताउनु भयो । 

    पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रङ्गशाला बनाइने  र प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्षभित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना रहेको कुँवरले बताउनु भयो । एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला  बनाउन ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    कुँवरले सरकारले एउटा राम्रो अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन नसकेको र चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान अलपत्र परेको अवस्थामा आफूले एकल लगानीमा मैदान निर्माण सुरु गरेको बताउनु भयो ।  मैदान निर्माणको लागि अहिले नै  रकम सुनिश्चित गरिएको उहाँको भनाइ छ । 

    Pics Cricket.jpg

    एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक कुँवर तथा चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमले रङ्गशाला निर्माणको स्वामित्व लिएर काम अगाडि बढाएका छन् । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो । 

    पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डर छन । यो क्रिकेट रङ्गशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहने छ भने शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको छ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने योजना रहेको निर्देशक कुवँरको भनाई छ । 

    यूएईमा लामो समय बसेर अवुधाबीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा रहनुहुनेछ ।

    images
    प्रकाशित मिति :जेठ ३०, २०८० मंगलवार - ०६:५१:५७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij