images

बिहिवार, बैशाख २० गते २०८१

क्रिकेटको विकासका लागि मेरो सामथ्र्यले भ्याएसम्म लाग्छु : मन्त्री पाण्डेय

क्रिकेटको विकासका लागि मेरो सामथ्र्यले भ्याएसम्म लाग्छु : मन्त्री पाण्डेय

images
images
images
आइतवार, जेठ २१ २०८०
आइतवार, जेठ २१ २०८०
  • क्रिकेटको विकासका लागि मेरो सामथ्र्यले भ्याएसम्म लाग्छु : मन्त्री पाण्डेय

    भैरहवा, २१ जेठ ।
    लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले क्रिकेट खेलको विकासका लागि आफ्नो सामथ्र्य र क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले रुपन्देही जिल्ला क्रिकेटको उर्वराभूमि भएको बताए ।

    images
    images
    images

    आइतबार आइतबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा रुपन्देही क्रिकेट संघका पदाधिकारी तथा सदस्यहरुसँगको छलफल कार्यक्रममा मन्त्री पाण्डेयले सिद्धार्थ क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय खेलाडीहरु आउने र अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने दिन ऐतिहासिक दिन हुने बताए । उनले खेलकुदको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

    लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले सिद्धार्थ क्रिकेट रंगशालाको विकासका लागि आफ्नोतर्फबाट सक्दो कार्य गर्ने बताए । उनले खेलकुदमार्फत पर्यटन क्षेत्रको विकासमा पनि टेवा पुग्ने बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij