images

बिहिवार, बैशाख २० गते २०८१

द ग्रेट ग्रान्ड कस्मोले जित्यो मर्यादपुर सुपर लिगको उपाधि

द ग्रेट ग्रान्ड कस्मोले जित्यो मर्यादपुर सुपर लिगको उपाधि

images
images
images
शुक्रवार, जेठ १९ २०८०
शुक्रवार, जेठ १९ २०८०
  • द ग्रेट ग्रान्ड कस्मोले जित्यो मर्यादपुर सुपर लिगको उपाधि

    भैरहवा, १९ जेठ ।
    रुपन्देहीको मर्चवारमा सम्पन्न मर्यादपुर सुपर लिग रात्रीकालीन क्रिकेट प्रतियोगिता (एमएसएल) को उपाधि द ग्रेट ग्रान्ड कस्मो पर्सा, लुम्बिनीले जितेको छ प्रतियोगिताको उपाधि जित्दै द ग्रेट ग्रान्ड कस्मोले रु. १ लाख १ हजार प्रथम पुरस्कार प्राप्त गरेको आयोजक टीमले जानकारी दिएको छ । त्यसै गरी प्रतियोगिताको उपविजेता टीम रुपाकोट गुल्मीले रु. ५१ हजार द्वितीय पुरस्कार प्राप्त गरेको छ ।

    images
    images
    images

    बुधबार राती सम्पन्न भएको रुपाकोट गुल्मी र द ग्रेट ग्रान्ड कस्मोबीचको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपाकोट गुल्मीको टीमले १४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रनको रनको योगफल बनायो । द ग्रेट ग्राण्ड कस्मोले ५ दशमलब ४ ओभरमा १ विकेटको क्षतिमा ५३ रन बनायो ।

    प्रतियोगिताको म्यान अफ द म्याच सचिन यादव र म्यान अफ द सिरिज पुरस्कार शुभम यादवले हासिल गरेका छन् । म्यान अफ द सिरिजमा आयोजक टीमबाहेक पनि कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष संजय कुमार सैनीले एउटा साइकल उपलब्ध गराउने आयोजक समितिका अध्यक्ष सुरेश यादवले जानकारी दिए ।
    त्यस्तै प्रतियोगिता अवधिभर ११ विकेट लिइ बैतुल्लाह खान बेष्ट बलर घोषित भएका छन् ।

    वैशाख १५ गते रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्लले उद्घाटन गरेको उक्त खेल प्रतियोगिता जेठ १७ गते एक समारोहकाबीच समापन गरिएको छ । 

    समापन समारोहमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाले मर्चवारमा आयोजना गरिएको क्रिकेट प्रतियोगितामा विभिन्न स्थानबाट खेलाडीहरुको सहभागीताले आत्मीयता बढेको बताए ।

    mmm.jpg

    प्रतियोगितामा २४ टीमको सहभागीता रहेको थियो । क्रिकेट प्रतियोगिता सञ्चालन गर्न जेएम ईट्टा उद्योग, पटवा टेन्ट हाउस, महेन्द्र टेन्ट हाउस लगायत विभिन्न व्यवसायीबाट सहयोग प्राप्त भएको आयोजकले जनाएका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij