२०८२, श्रावण ७ गते

Jul 23 2025 | २०८२, श्रावण ७ गते

गुणस्तरहिन पुरानो ग्यास सिलिण्डर नष्ट गरिदैं

मंगलवार , पौष २८, २०७७

भैरहवा, २८ पुस । 
त्रिशुल ग्यास प्रा.लि.ले गुणस्तरहिन पुरानो सिलिण्डर नष्ट गर्न सुरु गरेको छ । एभरेष्ट ग्यास समूह अन्तर्गतका उद्योगहरुमा म्याद नाघेको, प्वाल परेको, हाइड्रो टेष्टमा फेल भएका र बिग्रिएका गुणस्तरहिन सिलिण्डरहरु नष्ट गर्न सुरु गरिएको त्रिशुल ग्यास प्रा.लि. का व्यवस्थापक देवी प्रसाद भुसालले बताए । सात प्रदेशमा रहेका सातवटै कम्पनीहरुमध्ये पुस महिनाभित्र प्रिमा ग्यास उद्योगले ६९० थान, सुगम ग्यास उद्योग धानीखोला धादिङले ४०५ थान, एभरेष्ट ग्यास उद्योग काठमाण्डौंले ६९० थान र त्रिशुल ग्यास प्रा.लि. रुपन्देहीले ३६३ थान गरी प्रथम चरणमा २ हजार १ सय ३३ थान सिलिण्डरहरु नष्ट गरिने भुसालले जानकारी दिए । भुसालका अनुसार करिब ४९ लाख बराबरको सिलिण्डरहरु नष्ट गरिनेछ । सुरक्षित र सर्वसुलभ तरिकाले सिलिण्डर उपभोक्ताको भान्सासम्म पु¥याइ उपभोक्ताले प्रयोग गर्दा पनि उच्च सतर्कताले सिलिण्डर सतर्कताका साथ सबै राष्ट्रिय अन्तर्राष्ट्रिय एलपी ग्यास सिलिण्डरका मापदण्डहरु पूर्ण रुपले पालना गर्दै नष्ट गर्न थालिएको उनले बताए ।

एभरेष्ट ग्यास समुहद्धारा प्रबर्तित सातवटा प्रदेशमा रहेका उद्योगहरुका ग्यास सिलिण्डरहरु अत्याधिक पुराना तथा बिग्रिएका, चुहिने, प्वाल परेका सिलिण्डरहरु गुणस्तर तथा नापतौल विभाग कार्यालय बुटवलका सञ्जय यादव, मोहन प्रसाद पाण्डे, रमेश प्रसाद पाण्डे, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका टेकराज पन्थी, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका बालकृष्ण आचार्य, ग्यास विक्रेता, प्रहरी तथा सञ्चारकर्मीहरुको रोहबरमा नष्टको कार्य सुरुवात गरिएको उद्योगका बजार प्रबन्धक उत्तम कार्कीले बताए ।

पेट्रोलियम पदार्थ आफैमा प्रज्वनशिल र त्यसमा पनि एलपी ग्यास अति नै प्रज्वनशिल पदार्थमा पर्ने र यस्तो वस्तुको ओसारपसार, भण्डारण भारतका विभिन्न रिफाइनरीबाट आयात गरी उद्योगबाट रिफिल गरी डिपोमार्फत उपभोक्तासम्म पु¥याउने कार्य चुनौतीपूर्ण रहेको कार्कीले बताए ।