images

बिहिवार, बैशाख २० गते २०८१

मलेसियामाथि ७ विकेटले नेपालको जित

मलेसियामाथि ७ विकेटले नेपालको जित

images
images
images
मंगलवार, जेठ १६ २०८०
मंगलवार, जेठ १६ २०८०
  • मलेसियामाथि ७ विकेटले नेपालको जित

    काठमाडौं, १६ जेठ । मलेसियासँगको टी–२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ ।

    images
    images
    images

    पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । सोमबार भएको पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । तर, मंगलबार संयम भएर खेलको नेपालले मलेसियाले दिएको ९८ रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो  । 

    यूकेएम क्रिकेट ओभलमा भएको खेलमा नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन् । मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १–१ विकेट लिइन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनको योगफल बनाएको थियो । नेपालकी कप्तान रुविना क्षेत्रीले २,  कविता कुँवर र इन्दू बर्माले एक÷एक विकेट लिइन् । 
     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij