२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम

मंगलवार , पौष २८, २०७७

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, २८ पुस ।
    २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीले सोमबार भैरहवामा चियापान समारोहको आयोजना गरेको छ । सिद्धार्थनगर–३ स्थित पार्टी कार्यालयमा राप्रपाले कार्यक्रमको आयोजना गरेको हो ।
    कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले नेपाल एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान भुल्न नहुने बताए । 

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तोयानाथ लम्साल, इरसाद आलम, नविन पौडेल, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, युवा नेताहरु उमापति चौरसिया, अमृत पाण्डे, रामनवल चौहान, ई. चन्द्रभक्त श्रेष्ठ, नेतृ सुष्मा घिमिरे लगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरेका थिए ।

    राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, पार्टीका स्थायी समिति सदस्य प्रदिप उदयको विशिष्ट आतिथ्यता, रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीको स्वागत तथा शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।