२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

गणतन्त्र दिवसको अवसरमा बिरामीहरुलाई फलफूल वितरण

सोमवार , जेठ १५, २०८०

भैरहवा, १५ जेठ । 
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) भैरहवा बहुमुखी क्याम्पस र पक्लिहवा क्याम्पसले भैरहवास्थित भीम अस्पतालमा फलफूल वितरण गरेको छ ।

१६ औं गणतन्त्र दिवसको अवसर पारेर अस्पतालमा उपचाररत बिरामीहरुलाई सोमबार फलफूल वितरण गरिएको अनेरास्ववियू (क्रान्तिकारी) भैरहवा बहमुखी क्याम्पस इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए ।

अनेरास्ववियू (क्रान्तिकारी) भैरहवा बहमुखी क्याम्पस इकाई समितिका अध्यक्ष मनिष ढकाल र पक्लिहवा कृषि क्याम्पस इकाई समितिका अध्यक्ष मधुसुदन गाहाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

348360852_969277401156723_1482226526507735545_n.jpg
348362398_199033326378983_8563720962267953647_n (1).jpg