images

शुक्रवार, बैशाख ७ गते २०८१

एभरेष्ट म्याराथनको उपाधि सुमन र मन्जुलाई 

एभरेष्ट म्याराथनको उपाधि सुमन र मन्जुलाई 

images
images
images
सोमवार, जेठ १५ २०८०
सोमवार, जेठ १५ २०८०
  • एभरेष्ट म्याराथनको उपाधि सुमन र मन्जुलाई 

    नाम्चे, १५ जेठ ।
    तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको १९ औं संस्करणको ४२ किलोमिटरतर्फको पुरुषतर्फको उपाधि सुमन कुलुङ राइले जितेका छन् । हिमालय एक्सपिडिसन्स्को आयोजनामा सम्पन्न म्याराथनमा राईले निर्धारित सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्मको दुरी ३ घण्टा ४८ मिनेट ५४ सेकेण्डमा पूरा गरी तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेकी हुन् । राईले जीतसँगै १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यसै गरी दलबहादुर कुवरले ३ घण्टा ५७ मिनेट ५३ सेकेण्डमा पूरा गर्दै दोस्रो भए । कुवरले ८५ हजार रुपैयाँ पुरस्कार पाए । उमेश राईले ४ घण्टा २ मिनेट ३ सेकेण्डमा दुरी पूरा गर्दै तेस्रो भए । उनले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

    महिलातर्फको म्याराथनको उपाधि कर्णालीकी मन्जु रावतले जितेकी छन् । रावतले ५ घण्टा २८ मिनेटमा पूरा गरेकी हुन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । त्यस्तै सो दुरी ५ घण्टा २८ मिनेट ३६ सेकेण्डमा पूरा गरी लाक्पा निग्मा शेर्पा दोस्रो भइन् । उनले ८५ हजार रुपैयाँ पुरस्कार पाइन् ।

    त्यस्तै दिल कला कुलुङ्ले सो दुरी ५ घण्टा ३१ मिनेट ५४ सेकेण्डमा पूरा गरी तेस्रो भइन् । उनले ७५ हजार रुपैयाँ पुरस्कर पाइन् । त्यसै गरी २१ किलोमिटरको खुल्लातर्फ हाफ म्याराथनको उपाधि भारतकी सम्झना राईले जितिन् । राईले निर्धारित दुरी ३ घण्टा १९ मिनेट ४८ सेकेण्डमा पूरा गरिन् । उनले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । अष्ट्रेलियाकी इमा विलियम्सले सो दुरी ३ घण्टा २१ मिनेट ४१ सेकेण्डमा पूरा गरी दोस्रो भइन । विलियम्सले ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । 

    त्यस्तै रसियाका अलेक्जेन्दर बुर्टसेभ ले ३ घण्टा २३ मिनेट ५४ सेकेण्डमा पूरा गरी तेस्रो भइ ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

    उता ७० किलोमिटरको अल्ट्रा म्याराथनमा नेपाली धावकहरुले जीत निकालेका छन् ।  तीर्थ बहादुर तामाङले निर्धारित दुरी ८ घण्टा ३८ मिनेट ९ सेकेण्डमा पूरा गरी प्रथम भए । उनले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । 

    त्यस्तै तिलक बहादुर सुनुवारले ९ घण्टा २ मिनेट ३१ सेकेण्डमा सो दुरी पूरा गरी दोस्रो भए । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । त्यस्तै किरण कुलुङ राइले ९ घण्टा २६ मिनेट ३८ सेकेण्डमा पूरा गरी तेस्रो भए । उनले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

    विदेशी खेलाडीतर्फको म्याराथनमा अमेरिकाका टेट पोलम्यानले ४ घण्टा ४७ मिनेट १० सेकेण्डमा पूरा गरी प्रथम भए । सो दुरी ६ घण्टा ६ मिनेट ५१ सेकेण्डमा पूरा गरी अष्ट्रेलियाका किरा बसमन्नो दोस्रमे स्थानमा आउँदा बेलायतका म्याथु विलियम चीन तेस्रो भए । उनले सो दुरी ६ घण्टा ३० मिनेट ४३ सेकेण्डमा पूरा गरे ।
    विजेताहरुलाई आयोजक संस्था हिमालय एक्सपिडिसन्सका संस्थापक अध्यक्ष विक्रम पाँडे काजीलगायतले पुरस्कार प्रदान गरेका थिए । 

    विश्वको सर्वोच्च स्थानमा आयोजना हुने यो एक मात्र म्याराथन रहेको र यसपटकको  म्याराथनमा नेपालसहित २८ देशका २०४ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । सहभागीमध्ये नेपाली ६९ र १३५ विदेशी रहेको म्याराथनका रेस डाइरेक्टर शिखर पाँडेले बताए ।

    IMG-20230529-WA0003.jpg
    \

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij