images

शनिवार, बैशाख ८ गते २०८१

लुम्बिनी केबुलकार जेठ १५ देखि व्यवसायिक सञ्चालन

लुम्बिनी केबुलकार जेठ १५ देखि व्यवसायिक सञ्चालन

images
images
images
आइतवार, जेठ १४ २०८०
आइतवार, जेठ १४ २०८०
  • लुम्बिनी केबुलकार जेठ १५ देखि व्यवसायिक सञ्चालन

    बुटवल, १४ जेठ । 
    आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालन हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार जेठ १५ गते बिहान ८ बजेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउने बताए । 

    images
    images
    images

    केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका थिए । 

    ‘जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आउंछ’–अध्यक्ष ढकालले भने–‘जेठ २५ गते औपचारिक रुपमा प्रधानमन्त्रीबाट उद्घाटन हुन्छ ।’ 

    बुटवलको वडा नम्बर ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँंपालिका वडा नम्बर ३ बसन्तपुरमा टप स्टेशन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा २५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । 

    स्थानीयको साथ र सहयोगले केबुलकार छिटै सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा २५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताए । 

    स्थानीय लक्ष्मण गौतम, तेजप्रसाद विश्वकर्मालगायतले अघि सारेको केबलकार आयोजनामा स्थानीयकै आग्रहमा आईएमई ग्रुप सहभागी भएर शिलान्यास गरेको तीन वर्षभित्रै सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धी भएको ढकालले बताए । 

    प्रा.लि.ले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्टाएको र उक्त रकम दुवै पालिकाले ५० प्रतिशतका दरले बांडफांड गर्ने बताए । 

    केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने भएकाले केबलकार सञ्चालनले रुपन्देही फेरि गुल्जार हुने अध्यक्ष ढकालले बताए । खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए ।

    बसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालले बताए । भारतको गोरखपुर, लखनउलगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको बताए ।

    ‘भविष्यमा दैनिक ५ हजार भारतीयलाई केबलकारमार्फत कामाख्यादेवीको मन्दिर दर्शन गराउने लक्ष्य छ’–ढकालले भने–‘त्यसो हुन सक्यो भने प्रदेश राजधानी सरेको क्षतिपुर्ति केबलकारले गर्छ ।’ 

    नेपाल उद्योग वाणिजय महासंघको अध्यक्ष समेत रहेका ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सुचारु रुपमा सञ्चालन गर्न भारतसँग हवाई रुटको अनुमति लिन महासंघले प्रधानमन्त्रीलाई दवाव दिएको बताए ।  
    बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।

    २.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेका आयोजना प्रमुख गोकुल साउदले बताए । 
    टप स्टेशनमा भारतको गुवाहटीमा रहको कामाख्यादेवीको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको साउदले बताए । 

    केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेष्टुरेण्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जीप लाइन निर्माणको क्रममा छन् ।

    केबलकार सञ्चालनमा आएसंगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेल, लगायत संरचना निर्माण हुने साउदले बताए ।

    १ हजार दर कायम गरिएएको टिकट शुल्कमा विद्यार्थीलाई ४५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको छ । यस्तै फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ मात्र कायम गरिएको छ । 

    उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रा.लि.ले जनाएको छ ।  

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij