
सोमवार , पौष २७, २०७७
भैरहवा, २७ पुस ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, भैरहवा नगर ईकाई समितिले २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसर पारेर सोमबार भैरहवाको बुद्धचोकमा दिप प्रज्वलन सम्पन्न गरेको छ ।
भैरहवा ईकाईका अध्यक्ष नारायणप्रसाद कोइरालाको अध्यक्षता तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष कमल कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रमुख अतिथि कोइरालाले पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरी दिप (पाला) द्वारा बनाइएको नेपालको नक्सा र झण्डा अंकित नक्सांकनमा दिप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । सो अवसरमा बोल्दै उनले राष्ट्रलाई इतिहासले भुल्न नहुने बताए । उनले पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नहुने बताए ।
आगामी दिनहरुमा विद्यार्थीहरुका हकहित र नेपालको मौलिक परम्परा संस्कृति र ऐतिहासिकता र त्यसका नायकहरुलाई यसरी नै सम्झदै उनले देखाएका मार्गदर्शन अनुसार विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने नगर अध्यक्ष नारायणप्रसाद कोइरालाले बताए । सो अवसरमा प्राज्ञिक विद्यार्थी परिषदका राष्ट्रिय सचिव निशा क्षेत्री, केन्द्रिय सदस्य माधव प्रसाद घिमिरे, अनुराग पाण्डे, प्रदेश संगठन सचिव बाबुराम मरासिनी, सह–सचिव बद्रि भट्टराई, नगर संगठन विभाग प्रमुख अमृत खनाल, नगर समितिका पदाधिकारीहरु, सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन जिल्ला संगठन विभाग सचिव हरिष बोहोराले गरेका थिए भने कार्यक्रमको समापन नगर सचिव आशिष कुमार भुजले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij