images

बिहिवार, बैशाख २० गते २०८१

रुपेश जैसवाललले उचाले बुद्धिचालको उपाधि

रुपेश जैसवाललले उचाले बुद्धिचालको उपाधि

images
images
images
आइतवार, जेठ १४ २०८०
आइतवार, जेठ १४ २०८०
  • रुपेश जैसवाललले उचाले बुद्धिचालको उपाधि

    भक्तपुर, १४ जेठ । 
    भक्तपुर युवा टीमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन् ।

    images
    images
    images

    सो प्रतियोगितामा सुदीप तामाङ दोस्रो र बद्रीलाल नेपाली तेस्रो हुन सफल भए भने शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगितामा चौथौ सुरोज महर्जन, पाँंचौ शुशिल चौधरी, छैटौं क्षितिज भण्डारी, सातौ सुरवीर लामा, आठौ नवीन तण्डुकार, नवौं सुसोन दाहाल र दसौं राजेश कक्षपति हुन सफल भए ।

    विजयी खेलाडीहरुलाई शनिबार एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । उनीहरुलाई बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा पहिलो हुने नगद रु २५ हजार, दोस्रो हुने १५ हजार र तेस्रो हुने १० हजार नगद पुरस्कारबाट पुरस्कृत भए । चौथौ हुनेलाई ८ हजार, पाँंचौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंचपाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको रहेको थियो । 

    आयोजक टीमका अध्यक्ष केशव त्वानाबासुका अनुसार प्रतियोगितामा कुल १ सय ४० जनाले सहभागीता जनाएका थिए, जसमध्ये ६ जना महिला थिए । प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका सहभागी भएको जनाइएको छ । सो प्रतियोगितामा विदेशी खेलाडीहरुसमेत सहभागी रहेको थियो ।

    टीमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा सो प्रतियोगिता गरिएको हो । ग्वाछाको झण्डै ४५ दिन अघि अल्पआयुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदरपत्र वितरण गरिएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij