images

शुक्रवार, बैशाख १४ गते २०८१

लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा पाण्डेय

लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा पाण्डेय

images
images
images
सोमवार, जेठ ८ २०८०
सोमवार, जेठ ८ २०८०
  • लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा पाण्डेय

    भैरहवा, ८ जेठ ।
    लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले पाएका छन् । पाण्डेयलाई सोमबार मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

    images

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) संसदीय दलका नेतासमेत रहेका पाण्डेय २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित भएका थिए ।

    उनी सोही क्षेत्रबाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा पाण्डेयले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

    मुख्यमन्त्री डिल्ली बहादुर चौधरी मुख्यमन्त्रीमा नियुक्त हुँदा पाण्डेयलाई विनाविभागीय मन्त्रीको रुपमा सपथ ग्रहण गराइएको थियो । पाण्डेयले लुम्बिनी प्रदेश सरकारको प्रवक्ताकोसमेत जिम्मेवारी सम्हालेका छन् ।

    लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्षसमेत रहेका पत्रकार नरेश केसीले मन्त्री पाण्डेयको कार्यकालमा मिडिया नीतिसँगै लुम्बिनी प्रदेशमा प्रधान कार्यालय रहेका रेडियो, टिभी, पत्रिका र अनलाइनको संस्थागत विकासमा विशेष योगदान रहने विश्वास व्यक्त गरे ।

    उनले भने, ‘पत्रकारिता क्षेत्र र समग्र मिडिया जगतको लागि लुम्बिनी प्रदेशमा धेरै काम गर्न बाँकी छ । हाम्रो क्षेत्रबाट लुम्बिनी प्रदेशमा प्रतिनिधि रहनुभएका सन्तोष पाण्डेय सञ्चार मन्त्रालयसमेत हेर्ने गरी आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । हाम्रो सल्लाह-सुझाव आवश्यक रहेमा जतिबेला खबर गरे पनि हामी आफूले जानेको पत्रकारिता क्षेत्रको संस्थागत विकासको बारेमा सधै सुझाव दिन तयार छौं ।’

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij