images
images

शुक्रवार, जेठ ४ गते २०८१

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई ७ स्वर्ण  

मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई ७ स्वर्ण  

images
images
images
सोमवार, जेठ १ २०८०
सोमवार, जेठ १ २०८०
  • मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराँतेमा नेपाललाई ७ स्वर्ण  

    भैरहवा, १ जेठ ।
    मलेसियामा हालै सम्पन्न १९ औं अन्तर्राष्ट्रिय ओकिनवा गोजुरियो ईफोह सिटी कराँते खुल्ला प्रतियोगितामा नेपालले ७ स्वर्णसहित १० पदक जितेको छ ।

    images
    images
    images

    नेपालको तर्फबाट नेपाल वादोरियो कराँते डो संघका १० जना खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा सहभागीता जनाएको थिए । १२ देखि १४ मेसम्म मलेसियामा सञ्चालन भएको प्रतियोगितामा नेपाली खेलाडी देव कुमार शाह, प्रसिद्धी शर्मा, प्रजेश शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा सार्की र रिदेश बस्यालले स्वर्ण पदक प्राप्त गरेका छन् ।

    त्यस्तै प्रतियोगितामा ५४ केजी तौल समूहमा नेपालको तर्फबाट आकृति कंडेलले रजत पदक जितेकी छन् । ४७ केजी तौल समूहमा वैष्णवी वर्मा र सन्यम कंडेलले काश्य पदक प्राप्त गरेको टीम कोच कमरुद्दीन अलीले जानकारी दिए ।

    प्रतियोगितामा सहभागी हुन यही वैशाखको २६ गते नेपाली टीम मलेसिया प्रस्थान गरेको टीम म्यानेजर शोभाखर पन्तले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन नेपाल सहित मलेसिया, भारत, इण्डोनेसिया, सिंगापुर, श्रीलंका लगायतका देशको सहभागीता रहेको नेपाल करांते डो संघका प्रमुख प्रशिक्षक तथा संस्थापक अध्यक्ष हरिशरण केसीले जानकारी दिए । 

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij