२०८२, पौष ३० गते

Jan 14 2026 | २०८२, पौष ३० गते

कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न प्राज्ञिक विद्यार्थी परिषद्को माग

शनिवार , पौष २५, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, २५ पुस । 
    प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल भैरहवा नगर इकाई समितिले कक्षा ११ को पाठ्यक्रमको अन्योल अन्त्य गर्न माग गरेको छ । परिषद्ले देशभरका लाखौ विद्यार्थीहरुको भविष्य जोडिएको शिक्षालाई प्राथमिकता दिन माग गरेको छ । 

    परिषदले शुक्रबार जिल्ला प्रशासन कार्यालय रुपन्देही र सिद्धार्थनगर नगरपालिका शिक्षा शाखामार्फत कक्षा १ र ११ को पाठ्यक्रम पठनपाठनमा अन्योलता हटाउनको लागि मुद्दाको यथाशिघ्र फैसला गर्न माग गर्दै सर्वोच्च अदालतलाई ज्ञापनपत्र पठाएको छ । कतिपय स्थानमा नयाँ पाठ्यक्रम र कतिपयमा पुरानो पाठ्यक्रम पढाई भइरहेको अवस्थामा यो अन्योलता हट्नुपर्ने प्राज्ञिक विद्यार्थी परिषद भैरहवा नगर समितिका अध्यक्ष नारायण प्रसाद कोइरालाले बताए ।

    सरोकारवाला निकाय एवं शैक्षिक संघ–संस्थाले यस विषयमा ठोस पहल गर्नुपर्ने परिषद भैरहवा नगर समितिका सचिव आशिष कुमार भुजले बताए ।

    ज्ञापनपत्रमा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानैलाई निरन्तरता दिनेमा अन्योल हुँदा विद्यार्थी, शिक्षक तथा विद्यालय क्षेत्र समस्यामा परेको भन्दै तत्काल समस्याको समाधान गर्न माग गरिएको छ । 

    सरकारद्वारा लागू गरिएको विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम पारुप २०७६ का विरुद्धमा २०७७ असोज २८ गते सर्वोच्च अदालतमा दायर भएको मुद्दालाई सम्बोधन गर्दै २०७७ कार्तिक १९ गते नयाँ पाठ्यक्रम लागू नगर्न अदालतले अन्तरिम आदेश जारी गरिएको थियो । तर सर्वाेच्च अदालतले पटकपटक पेसी सार्दै २७ पुस सम्म पु¥याउँदा देशभरका लाखौं विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै परिषद्ले समस्याको समाधान गर्न माग गरेको छ । 

    ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद लुम्बिनी प्रदेश उपाध्यक्ष कमल कोइराला, पूर्व राष्ट्रिय अध्यक्ष अवलेश कुमार गुप्ता, केन्द्रीय सदस्य अनुराग पाण्डे, रूपन्देहि व्वस्था प्रमुख हरिष बोहोरा, सिद्धार्थनगर सह–सचिव राम सहानी लगायतको उपस्थिति रहेको थियो ।