२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियूको कक्षा ईकाई समिति गठन

शनिवार , पौष २५, २०७७

भैरहवा, २५ पुस । 
नेकपा (प्रचण्ड–माधव) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भैरहवा बहुमुखी क्याम्पसले स्नातक तह व्यवस्थापन संकाय (बीबीएस) प्रथम वर्षमा शुक्रबार कक्षा इकाई समिति गठन गरेको छ ।  

सुरज ज्ञवालीको अध्यक्षतामा १६ सदस्यीय कक्षा ईकाई समिति गठन गरिएको अनेरास्ववियू भैरहवा बहमुखी क्याम्पस मूल इकाई समितिका अध्यक्ष मनिष ढकालले बताए । समितिको उपाध्यक्षमा रिया अर्याल, अशोक ओली, रजिना जैसवाल, सचिवमा विनोद घिमिरे, कोषाध्यक्षमा जुनु खड्का र सह–सचिवमा अनिता श्रीपाली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुवास आले मगर, विजय प्रजापति, अस्मिता चौधरी, दिपिका नेपाली, महिमा थापा, वविता चौधरी, प्रेरणा वरैले, मिना थापा मगर र इन्दराम चौधरी  चयन भएका छन् ।  

कक्षा इकाई समिति गठन कार्यक्रममा बोल्दै अनेरास्ववियू रुपन्देही जिल्ला कार्यालय सदस्य कपिल चापागाईले संसद विघटन असंवैधानिक कदम भएकोले यसको पुनस्र्थापनाको लागि विद्यार्थीहरुले आवाज उठाउनुपर्ने बताए । उनले विद्यार्थीको हकहितको लागि अनेरास्ववियूले संघर्ष गर्दै आएको बताए ।