२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

भैरहवा बहुमुखी क्याम्पसमा स्थगित गरिएका कक्षा पुनः सुचारु गर्न माग

शनिवार , पौष २५, २०७७

भैरहवा, २५ पुस ।
भैरहवा बहुमुखी क्याम्पसमा सिद्धार्थनगर, रुपन्देहीमा सञ्चालन भइरहेको स्नातक तह मानविकी, व्यवस्थापन, शिक्षा संकायका प्रथम तथा द्धितीय वर्षका सम्पूर्ण कक्षाहरु पुनः सुचारु गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । त्यस्तै क्याम्पसमा सञ्चालन भइरहेका कक्षा स्थगित गर्ने भन्ने सूचनालाई सच्याएर कक्षाहरु सुचारु हुने सूचना प्रकाशन गर्न उनीहरुको माग छ ।

लामो समयसम्म कोभिड–१९ ले थला परेको अवस्थामा क्याम्पसमा केही समय अघि मात्रै पठनपठन सुचारु भएको अवस्थामा पुस २६ गतेबाट स्नातक तह प्रथम र द्वितीय वर्षका कक्षाहरु स्थगित गर्ने सूचनालाई क्याम्पस प्रशासनले सच्याउनुपर्ने अनेरास्ववियूका केन्द्रीय सदस्य सरोज ठकुरीले बताए ।

अनरास्ववियू भैरहवा बहमुखी क्याम्पस अध्यक्ष सागर न्यौपाने, ने.वि. संघ सभापति सम्राट थापा, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मुकेश यादव, समाजवादी विद्यार्थी यूनियनका प्रतिनिधि जैनुद्दिन देवान, राप्रपा विद्यार्थी संघका प्रतिनिधि सलमान अहमद खान र जनमत विद्यार्थी संघका प्रतिनिधि विरेन्द्र लोधले शुक्रबार संयुक्त विज्ञप्ती जारी क्याम्पसमा सम्पूर्ण तहको अध्ययन सुरु गर्न माग गरेका छन् । ‘कक्षाहरु सूचारु नगरिए सम्पूर्ण विद्यार्थी संगठनहरु कडा कदम चाल्न बाध्य हुनेछौं, विज्ञप्तीमा उल्लेख छ ।