images

सोमवार, बैशाख १७ गते २०८१

वैशाख १५ र १६ गते रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने 

वैशाख १५ र १६ गते रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने 

images
images
images
आइतवार, बैशाख १० २०८०
आइतवार, बैशाख १० २०८०
  • वैशाख १५ र १६ गते रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने 

    भैरहवा, १० वैशाख ।  
    आगामी वैशाख १५ र १६ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

    images

    जापान गोजीरियो कराते डो मिसन संघको आयोजनामा हुन गइरहेको उक्त प्रतियोगिताले वल्र्ड करातेको ध्यान केन्द्रीकृत गरेको नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर के.सी.ले बताए । उनले भने, ‘वैशाख १५ र १६ गते मणिग्रामको गाउँले ससुरालीको सभाहलमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगिताले सबैको ध्यान तानेको छ ।’

    आयोजक संस्था जापान गोजीरियो मिसन डो संघका प्रमुख प्रशिक्षक काजि रानाका अनुसार प्रतियोगितामा भुटानी १०, बंगलादेशी १०, भारतीय १०० र नेपाली १२० गरी कुल २५० जना खेलाडीले सहभागीता जनाउँदैछन् । कुमितो र काता गरी दुई खेलमा हुने प्रतियोगितामा विभिन्न उमेर र तौल समूहको प्रतिष्पर्धा हुनेछ । 

    प्रतियोगिताबारे आइतबार मणिग्राममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएका छन् । आयोजककाअनुसार प्रतियोगिताको तयारी पूरा भएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij