
शुक्रवार , बैशाख ८, २०८०
बुटवल, ८ वैशाख ।
बुटवलको निबोध एरोबिक एण्ड जीमले आफ्नो नवौं स्थापना दिवस विविध खेलकुद गतिविधि गरी मनाएको छ । खेलाडीहरुबीच आन्तरिक प्रतियोगिता तथा सम्मान कार्यक्रम गरी स्थापना दिवस मनाइएको हो ।
मेन्स ६५ केजी तल पावर लिफ्टिङमा प्रविन थापाले कुल २ सय ९० के.जी. तौल उठाउँदै प्रथम, आकाश वर्माले २ सय ९० के.जी. तौल उठाउँदै दोस्रो तथा २ सय ४५ के.जी. तौल उठाउदै संदीप बगाले तेस्रो भएका छन् ।
त्यसै गरी मेन्स ६५.१ के.जी. तौलमाथि समूहमा विवेक थापाले ३ सय ८७ के.जी. तौल उठाउदै प्रथम भए । त्यसै गरी जतिन थैवले ३ सय ५० के.जी. तौल उठाउँदै दोस्रो तथा सन्दिप सहानीले २ सय ८७ के.जी. तौल उठाउँदै तेस्रो भए ।
मेन्स टायर फ्लिप १ मिनेट प्रतिष्पर्धामा राजेन्द्र भाट ३२ पटक फ्लिप गर्दै प्रथम, संदीप सहानी ३१ पटक फ्लिप गर्दै दोस्रो तथा प्रविन थापाले ३० पटक फ्लिप गर्दै तेस्रो भए ।
बुमन्स डेडलिफ्टमा पुनम थापाले १ सय २५ के.जी. तौल उठाउँदै प्रथम भए । शोभा कुंवरले १ सय २५ के.जी तौल उठाउँदै दोस्रो तथा संदीप बगालेले ८५ के.जी.तौल उठाउँदै तेस्रो भए । त्यसैगरी वुमन्स बक्स जम्प १ मिनेटमा प्रतिस्पर्धामा शोभा कुंवरले २४ पटक जम्प गर्दै प्रथम, युवता थापाले २३ पटक जम्प गर्दै दोस्रो तथा मिना दर्लामीले २० पटक जम्प गर्दै तेस्रो भइन् ।
वुमन्स टायर फ्लिप एक मिनेट प्रतियोगितामा शोभा कुंवर २७ पटक फिल्प गर्दै प्रथम भइन् । युवता थापाले २० पटक फ्लिप गर्दै दोस्रो तथा सबिना श्रेष्ठले १९ पटक फ्लिप गर्दै तेस्रो भइन् ।
त्यसै गरी भ्यालुयबल जीम मेम्बर बर्ष –२०७९ बाट रबिन श्रेष्ठ, जतिन थैव र रामु रेग्मी पुरस्कृत भए । यस जीमको अनुशासित वर्ष २०७९ बाट पुनम धारा, निरन्तरताको उपस्थिति वर्ष २०७९ विकास पाण्डे र बडि ईम्प्रोभ वर्ष २०७९ सुशान्त पोख्रेललाई सम्मान गरिएको थियो ।
एक कार्यक्रमकाबीच खेलकुद पत्रकार तथा बुटवल टुडे अनलाईनका उपसम्पादक स्वस्तिक श्रेष्ठ, रुपन्देही जिल्ला पावर लिफ्टिङ संघका अध्यक्ष चन्द्रमान श्रेष्ठ, जीमका सञ्चालक मन्जिता राजभण्डारी, सुशिलादेवी श्रेष्ठ, निर्मलादेवी श्रेष्ठ, विष्णुमान श्रेष्ठले विजेता, उपविजेता खेलाडीहरुलाई मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए ।
त्यसै गरी रुपन्देही जिल्ला पावलिफ्टिङ संघको आयोजनामा भएको प्रतियोगितामा उपाधि विजेता राष्ट्रिय खेलाडी मन्जिला राजभण्डारी, प्रथम मिस्टर उजिरसिंह शारीरिक सुगठन प्रतियोगिता–२०७९ मा सहभागी भइ ७० प्लस तौल समूहमा तेस्रो भएका सुरेश दर्नाल, ५५ प्लस तौल समूहमा पाँचौ स्थान हासिल गर्ने नवीन थापालाई सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij