२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको छ : गृहमन्त्री श्रेष्ठ

शुक्रवार , बैशाख ८, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मुलुकको परिवर्तनलाई बलियो बनाउदै संविधानको सफल कार्यान्वयन गर्दै मुलुकको बिकास र समृद्धिको लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन् ।

    अर्थतन्त्रलाई चलायमान बनाएर तत्काल देखिएका समस्या समाधान गर्न सरकारको सम्पूर्ण ध्यान केन्द्रीत भएको उनले बताए । उनले निजिक्षेत्रलाई साथमा लिएर अर्थतन्त्रको तात्कालिक समस्या समाधान गर्न सरकारले निरन्तर छलफल गरिरहेको धारणा राखे ।

    उनले छिटै अर्थतन्त्रमा देखिएका समस्या समाधान हुने दावी गरे ।