२०८२, चैत्र ३० गते

Apr 13 2026 | २०८२, चैत्र ३० गते

स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड

शुक्रवार , बैशाख ८, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबा चढ्ने गाडी तोडफोड भएको छ ।

    तनहुँ- १ का उम्मेदवार वाग्लेका बुवा जीवन वाग्ले चढ्ने गाडी तोडफोड भएको हो।

    तनहुँको व्यास नगरपालिका-३ दमौली बजारस्थित सन्तोष होटलअगाडि रोकिराखेको अवस्थामा बा ११ च ४२५० नम्बरको गाडीमाथि बिहीबार राति तोडफोड गरिएको छ।

    कारको बायाँ भागको सिसा फुटाइएको छ भने इँटा समेत हानिएको छ। तोडफोड गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।