२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

संसद विघटनको विरोधमा नेकपा संघर्ष समिति रुपन्देहीले प्रधानमन्त्रीलाई पठायो संविधान

शुक्रवार , पौष २४, २०७७

भैरहवा, २४ पुस । 
प्रतिनिधिसभाको विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपा संघर्ष समिति रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्रसहित संविधानको पुस्तक पठाएको छ । जुलुससहित शुक्रबार जिल्ला प्रशासन कार्यालय पुगेको संघर्ष समिति रुपन्देहीले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको हो ।

ओली नेतृत्वको सरकारले निरंकुश शैलीमा संविधानमा नभएको संसद विघटन जस्तो असंवैधानिक कदम चालेकोले प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाइएको नेकपा रुपन्देहीका सचिव निर्मल जि.सी.ले बताए ।

नेकपा केन्द्रीय सदस्य बामदेव क्षेत्रीले संविधानको रक्षा गर्नको लागि आन्दोलनमा उत्रिनुपरेको बताए । जनताले रगत बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने उनले बताए । 

IMG_9754.JPGजनताले दिएको मतलाई अपमान गरेर प्रधानमन्त्रीले असंवैधानिक कदम चालेकोले आन्दोलनमा उत्रिएको नेकपा संघर्ष समिति रुपन्देहीका संयोजक पुरुषोत्तम घिमिरेले बताए । प्रतिनिधिसभा विघटन गरेर गम्भिर षड्यन्त्र गरिएकोले प्रतिगामी षडयन्त्रविरुद्ध आन्दोलनमा उत्रिएको बताए ।

कार्यक्रममा माधव–प्रचण्ड पक्षका नेता कार्यकर्ता तथा विद्यार्थीहरुले संसद पुनस्थार्पना गर, असंवैधानिक कदमका विरुद्ध संघर्ष गरौं लगायतका नारा लगाएका थिए । ।IMG_9786.JPG