२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

नेपाली जनता नेकपाको आन्तरिक किचलोको चपेटामा : चित्रबहादुर केसी

बिहिवार , पौष २३, २०७७

दाङ, २३ पुस ।  
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले जनता नेकपाको आन्तरिक लडाईको चपेटामा परेको बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले  बिहीबार घोराहीमा आयोजना गरेको विरोध कार्यक्रममा केसीले सत्ता, स्वार्थ र शक्तिको लडाईका कारण देश गम्भिर अवस्थामा पुगेको भन्दै अब जनता जाग्नुपर्ने बेला आएको बताए । 

जनताले दिएको म्यान्डेट पुरा नगर्दै सीमित स्वार्थको लागि संसद विघटन गर्नु दुःखद भएको उनको भनाइ छ । सत्ता र शक्तिमा पुगेका नेताहरुले जनताको पीडा बुझ्न सकेनन, उनीहरुले पार्टीलाई भर्ती केन्द्र जस्तै बनाएर शासन गरेको बताउँदै लोकतन्त्र, गणतन्त्रलाई जोगाएर राख्नका लागि नेकपाको सरकारलाई जनमोर्चाले समर्थन गरेको उनको तर्क छ ।

उनले अप्रजातान्त्रिक, असंवैधानिक तरिकाले संसद विघटन गर्नलाई आफूले समर्थन नगरेको भन्दै संसद विघटन भएको दिनदेखि नै जनमोर्चाले समर्थन फिर्ता लिएको बताए । संसद विघटनको असर अब विस्तारै प्रदेशमा समेत पर्न गएको भन्दै आफ्नो स्वार्थका लागि देशै बर्वाद बनाउन कसैलाई पनि छुट नभएको उनको भनाइ छ । 

२०४८ सालमा पनि संसद विघटनपछि पुनस्र्थापना भएको इतिहास भएको भन्दै केपी ओली सरकारले विघटन गरेको संसद तुरुन्तै पुनस्र्थापना गर्नुपर्ने उनले बताए ।