
बिहिवार , पौष २३, २०७७
बुटवल, २३ पुस ।
नेकपा ओली पक्षको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बुटबल बहुमुखी क्याम्पसको क्याम्पस कमिटीले गोविन्द रिजालको अध्यक्षतामा ९९ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अनेरास्ववियू बुटबल बहुमुखी क्याम्पस कमिटी अध्यक्ष भरत अर्यालको अध्यक्षतामा भएको अधिवेशवाट उपाध्यक्ष प्रेम बस्याल, मदन पाण्डे, सचिव कृष्ण पाण्डे सहसचिव अशोक पोखरेल, महेन्द्र कंडेल, कोषाध्यक्ष विपिन अधिकारीसहित ९९ सय सदस्य क्याम्पस कमिटिको गठन गरिएको हो ।
कार्यक्रममा नेकपा बुटबल उपमहानगरपालिका अध्यक्ष तथा बुटबल बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति बाबुराम पन्थीले अनेरास्ववियूले देशको परिवर्तनको निम्ति निकै ठुलो भुमिका खेलेको बताए । अनेरास्ववियूको अगुवाइमा देशमा ठुला ठुला आन्दोलनहरुको नेतृत्व गदै नेपालका गणतन्त्र स्थापनका लागि महत्वपूर्ण भुमिका खेलेको बताए ।
अनेरास्ववियू सचिवालय सदस्य यम पाण्डेले नयाँ बनेको कमिटीले क्याम्पसमा आएका विद्यार्थीहरुको समस्या समाधान गर्दै आगामी दिनमा क्याम्पसलाई अझ स्तरीय बनाउन लाग्नुपर्ने बताए । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य सराेज पाेखरेल , पूर्व केन्द्रिय सदस्य बसन्त ढकाल, केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियू केन्द्रिय सदस्य तथा जिल्ला संयोजक साजन भण्डारी, सह–संयोजक शेषकान्त पोखरेल, केन्द्रिय सदस्य नविन थापा सारु लगायतले मन्तव्य राखेका थिए । भरत अर्यालको अध्यक्षता, उपाध्यक्ष सन्तोष अर्यालको स्वागत तथा सचिव कुशल दिप क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij