
बिहिवार , पौष २३, २०७७
बुटवल, २३ पुस ।
नेकपा ओली पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) रुपन्देहीको संयोजकमा साजन भण्डारी चयन भएका छन्.। बुधवार बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न भेलाले भण्डारीको संयोजकत्वमा नयाँ जिल्लासमिति चयन गरेको हो । उक्त भेलाले शेषकान्त पोखरेललाई सह–संयोजकमा चयन गरेको छ ।
कार्यक्रममा निर्वाचित नयाँ जिल्ला समितिलाई नेकपा रुपन्देहीका जिल्ला अध्यक्ष शिवराज सुवेदी, अनेरास्ववियू स्थायी कमिटी सदस्य यम पाण्डे केन्द्रीय सचिवालय सदस्य सराेज पाेखरेल लगायत पार्टी र अनेरास्ववियूका नेताहरुले बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक घटनाक्रमलाई सही मार्गमा हिंडाउन यूवा विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताए । यूवा विद्यार्थीहरुको हकहित र अधिकारको लागि लड्ने संगठन भनेको अनेरास्ववियू नै रहेकोले अनेरास्ववियूको झण्डामुनी गोलबन्द हुन उनीहरुले आग्रह गरे । नवनिर्वाचित संयोजक भण्डारीले जिल्लामा रहेका विद्यार्थीहरुको हक हित र अधिकारको लागि संगठनलाई क्रियाशिल बनाउने बताए ।
कार्यक्रममा नेकपा बुटबल उपमहानगरपालिका अध्यक्ष बाबुराम पन्थी ,अनेरास्ववियू जिल्ला कमिटी सदस्य तथा विद्यार्थी इञ्चार्ज राजेन्द्र ढकाल, नेकपा नेता अनुप बराल, अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य सराेज पाेखरेल, अनेरास्ववियू केन्द्रीय सदस्य बालकृष्ण पाण्डे लगायतले मन्तव्य राखेका थिए । उक्त भेलाले २११ सदस्यीय जिल्ला कमिटी सदस्य गठन गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij