२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

अनेरास्ववियूद्वारा भैरहवा बहुमुखी क्याम्पसमा इकाई कमिटी गठन

बिहिवार , पौष २३, २०७७

भैरहवा, २३ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) भैरहवा बहुमुखी क्याम्पसले बिहीबार संगठन विस्तार गरेको छ । अनेरास्ववियूले स्नातक तहको शिक्षा संकाय अन्तर्गत (बीएड) प्रथम वर्षमा इकाई कमिटी गठन गरेको हो ।

प्रभाकर यादवको अध्यक्षतामा १८ सदस्यीय कमिटी गठन गरिएको अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पसका संयोजक मनिष ढकालले बताए ।

कमिटीको उपाध्यक्षमा सुभाष हरिजन, पवित्रा शर्मा, सचिवमा रवि सुनार, कोषाध्यक्षमा वर्षा डुम्रे र सह–सचिवमा सोनिया शेक चयन भएका छन् । त्यस्तै सदस्यहरुमा प्रतिक शिरिष, गोपाल थारु, मदन चौधरी, पुजा शर्मा, राकेश यादव, सुमित्रा थारु, विद्या भट्टराई, मन्जु आले मगर, बिर्सना चौधरी,  देवी चौधरी, आरति धवल र पवित्रा पुन रहेका छन् ।

इकाई कमिटी गठन कार्यक्रममा बोल्दै अनेरास्ववियू रुपन्देही जिल्ला कार्यालय सदस्य कपिल चापागाईले संसद विघटन गर्ने कदमविरुद्ध विद्यार्थी लाग्नुपर्ने बताए ।