
सोमवार , पौष २०, २०७७
बुटवल, २० पुस ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दावी गरेका छन् । केन्द्रमा सत्तारुढ दल नेकपाका नेताहरु एकले अर्काेलाइ खुइल्याइ फरकफरक गतिविधि गरिरहेको र प्रदेशका सरकारहरु हल्लीरहेका बेला लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका चौधरीले आफुहरु सहभागि सरकार आजका मितिसम्म सुरक्षित रहेको दवी गरे ।
प्रचण्ड माधव समूहका कारण प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको भन्दै उनले संसद पुर्नस्थापना हुने सम्भावना नरहेको दावी गरे । उनले अदालतको निर्णयलाई मान्ने समेत बताए । उनले प्रदेशका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको मत जाहेर नगरेकोले त्यसको कतै पनि तयारी वा असन्तुष्टि नसुनिएकाले प्रदेश सरकार फेरबदल वा मन्त्रीमण्डल फेरबदल तत्काल नहुने दावी गरे ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संस्थापन पक्ष ओलीतिर खुलैर सांसदहरु लाग्ने क्रम सुरु भएको समेत बताए । उनले भने – हिजो दधिराम न्यौपानेजी हाम्रो कित्तामा खुलेरै आउनुभो, अब पूर्व माओवादीका ५ देखि ७ जना सांसदहरु पनि आउँदैछन्’ त्यसैले सरकार अल्पमतमा छैन, सुरक्षित रहेको छ ।’
मन्त्रीको लोभ देखाएर सांसदहरु किनबेच भइरहेको हो ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने – अहिले प्रदेशमा तत्काल मन्त्रीमण्डलमा रहेका साथीहरुलाइ कारवाही पनि हुँदैन, नयाँ नथपिने सम्भावना पनि छैन, यो केन्द्रको निर्देशनमा भर पर्छ ।’
तर प्रदेश सरकारको काम कारवाही थप प्रभावकारी बनाउन मन्त्रालय फुटाउन सकिने र मन्त्री थप्न पनि सकिने उनले बताए ।
प्रदेशसभालाई सरकारले बिजनेश दिएपछि ६ महिना अघिनै बैठक बस्छ, अहिले ४ महिना भएको उनको भनाइ छ । तत्काल प्रदेशसभा बैठक,सरकार स्थायी राजधानी तोकिएको उनले बताए ।
प्रदेशसभालाइ सरकारले बिजनेश दिएपछि छ महिना अघिनै बैठक बस्छ, अहिले ४ महिना भएको उनको भनाइ छ । तत्काल प्रदेशसभा बैठक, सरकार स्थायी राजधानी तोकिएको दाङमा जाने संभावना नभएको भन्दै मन्त्री चौधरीले उता स्थायी संरचना बनेपछि मात्रै जाने जानकारी दिए ।
लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाई समृद्धिको झुटो नारा देखाएर बेवकुफ बनाइरहेको आरोप लगाइन् । उनले नेकपाको लडाइले जनतामाथि धोका भएको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस निर्णयक कदम चाल्न तयार रहेको बताइन् । उनले आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेको समेत धारणा राख्दै प्रदेशसभा बैठक तत्काल बोलाउन आग्रह गरिन् ।
जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता सहसराम यादवले सरकार गलत बाटोमा हिंडेको भन्दै संसद विघटन गर्ने ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले प्रदेश सरकार तत्काल फेरबदल नहुने र अविश्वासको मत पनि नआएकाले प्रदेशमा यही नै हुन्छ भन्ने अवस्था नभएको बताए ।
सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका नवनिर्वाचित सभापति डिपि खनाल र सचिव कपिल ज्ञवालीलाई सम्मान गरिएको थियो । रामकुमार क्षेत्रीको अध्यक्षता तथा क्लवका सचिव कपिल ज्ञवालीको संचालनमा साक्षात्कार कार्यक्रम भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij