
सोमवार , पौष २०, २०७७
भैरहवा, २० पुस ।
बागेश्वरी असल शासन (बास) रुपन्देहीकी कार्यकारी निर्देशक विजया खत्रीले जनता समाजवादी पार्टी नेपाल (जसपा) परित्याग गरेकी छन् । बासमा विगत लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय भएको र यही पुस १४ गते जसपामा प्रवेश गरे पनि संस्थाको विधान अनुसार पार्टीमा आबद्ध हुन नमिल्ने भएकोले पार्टी परित्याग गरेको खत्रीले बताइन् ।
‘गैरराजनीतिक भ्रष्टाचारविरुद्धको सामाजिक संस्था बासको कर्मठ सिपाही भएको कारण माफीको अपेक्षासहित पार्टी परित्याग गरी पुनः संस्थाकै अभियानमा सक्रिय भएर लाग्नेछु, ’सोमबार विज्ञप्ती जारी गर्दै खत्रीले भनेकी छन् । अब स्वतन्त्र रही अगाडी बढ्ने उनले बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij