२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

स्ववियु निर्वाचन : छपिया जनता कलेजमा मतदान सकियो  

आइतवार , चैत्र ५, २०७९

भैरहवा । रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)  निवार्चन सम्पन्न भएको छ । 

बिहान ६ बजेबाट सुरु भएको मतदान १० बजे सम्पन्न भएको निर्वाचन अधिकृत इन्द्रप्रसाद तिवारीले जानकारी दिए । 

२०२ जना  विद्याथी रहेको कलेजमा १६४ जनाले मात्रै मतदान गरेका थिए । उक्त कलेजमा नेविसंघ र अनेरास्ववियु बिच कडा प्रतिस्पर्धा रहेको छ ।

मतगणना अहिले साढे १ बजेबाट सरु हुने निर्वाचन अधिकृत तिवारीले जानकारी दिए ।