आइतवार, चैत्र १२ गते २०७९

एफईसी सहकारीद्वारा खेलाडीलाई सम्मान

एफईसी सहकारीद्वारा खेलाडीलाई सम्मान

images
images

खबर पात्रो

४, चैत्र २०७९
  • 167
    SHARES
  • एफईसी सहकारीद्वारा खेलाडीलाई सम्मान

    बुटवल, ४ चैत ।
    एफईसी धनकोष बचत तथा ऋण सहकारी संस्थाले बाल बचतकर्ता खेलाडी सन्यम कंडेललाई सम्मान गरेको छ । गत मार्च ४ तारिखका दिन श्रीलंकामा आयोजित तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा ९ वर्षमुनीको उमेर समूहमा भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानका खेलाडीलाईपछि पार्दै कंडेलले स्वर्ण पदक जितेका थिए ।

    सहकारीले आफ्नो नियमित बैठकका अवसरमा बाल बचतकर्ता खेलाडी सन्यक कंडेललाई सम्मान गरेको हो । अन्तर्राष्ट्रिय पदक विजेता सन्यक संस्थाका सञ्चालक समिति सदस्य बेदप्रसाद कंडेल तथा सुश्मा कंडेलका नाती एवं शेयर सदस्य सागर कंडेल तथा दीपा कंडेलका छोरा हुन् ।
    उनलाई सहकारीको नियमित बैठकको अवसरमा नगदसहित सम्मान गरिएको संस्थाका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।

    images

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - १८:१४:०३ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: SobizTrend