२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

प्रचण्ड पार्टी फुटाउन र सरकार ढाल्न निरन्तर लाग्नुभएको छ : मन्त्री रायमाझी

आइतवार , पौष १९, २०७७

अर्घाखाँची, १९ पुस ।
उर्जामन्त्री तथा नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रचण्डले पार्टी फुटाउने र ढाल्ने काममा लागेको बताएका छन् । अहिलेसम्म करिब ८ वटा सरकार ढाल्नमा प्रचण्डको मुख्य हात रहेको रायमाझीले बताए । 

 प्रेस संगठन नेपाल अर्घाखाँची शाखाले आइतबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रायमाझीले सरकारले तोकिएको समयमा चुनाव गराउने पक्षमा रहेको बताए । निर्वाचन आयोगका कारण दुई–चार महिना पछाडी जानुबाहेक सरकार निरन्तर चुनाव गराउने पक्षमा लागेको उनको भनाइ थियो ।

फरक प्रसंगमा बोल्दै पछिल्लो केही दिन यता नेपालमा लोडसेडिङ सुरु भयो भने कुरा गलत भएको उनले बताए । गत वर्ष भन्दा यस वर्ष विद्युत क्षमता बढी भएकोले लोडसेडिङ नभइ ओभरलोड भएर धान्ने वितरण प्रणाली कमजोर रहेको र पुरानो सिस्टमले लोड धान्न सक्ने अवस्था नभएकोले केही समस्या आएको उनले बताए । आफुले उर्जा मन्त्रालयको पद सम्हालेपछि पहिलो चरणमा अर्घाखाँचीको गौरवको योजना २ सय ४५ मेगावाट नौमुरे जलविद्युत आयोजनाको कामलाई पहिलो प्राथामिकता राखेर अगाडी बढेको रायमाझीले बताए ।