२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

बुटवलमा नेकपा केपी ओली समुहको जिल्लास्तरीय कार्यकर्ता भेला सुरु

आइतवार , पौष १९, २०७७

  • 4.5K
    Shares
  • 4.5K
    Shares
  • बुटवल, १९ पुस । 
    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली पक्षको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला रुपन्देहीको बुटवलमा सुरु भएको छ । पार्टीको लुम्बिनी प्रदेश कार्यालयको गेट बाहिर भेला सुरु भएको हो । भेलामा रुपन्देहीका विभिन्न स्थानबाट आएका नेता–कार्यकर्ताहरु सहभागि भएका छन ।

    नेकपा जिल्ला कमिटी रुपन्देहीको आयोजनामा भएको भेलामा नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा स्थायी समिति सदस्य शंकर पोखरेल, पार्टीका स्थायी समिति सदस्य एवं उर्जामन्त्री टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य दधिराम न्यौपाने लगायतले सम्बोधन गर्दैछन् ।