२०८२, मंसिर ५ गते

Nov 21 2025 | २०८२, मंसिर ५ गते

रुपन्देहीमा भारतीय गाडीमा पेस्तोल फेला

बिहिवार , पौष १६, २०७७

  • 5.0K
    Shares
  • 5.0K
    Shares
  • भैरहवा, १६ पुस । 
    रुपन्देहीमा एक भारतीय गाडीमा पेस्तोल फेला परेको छ । राजस्व अनुसन्धानसम्बन्धि मुद्दामा राजस्व अनुसन्धान कार्यालय बुटवलको हाताभित्र रहेको जीजे ०६ एजेड ६३५१ नम्बर प्लेटको कन्टनेरमा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । 

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र राजस्व अनुसन्धान कार्यालयको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बिहीबार उक्त ट्रकको एअर फिल्टरभित्र पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्य नारायण थापाले बताए ।  ट्रकको एअर फिल्टरभित्र लुकाईछिपाई राखेको अवस्थामा बेवली.३२ लेखेको पेस्तोल फेला परेको डीएसपी थापाले जानकारी दिए ।

    133826610_431226961625681_8155530339062861040_n.jpgयसबारे आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।