२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

बिहिवार , पौष १६, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • काठमाण्डौ। लुम्बिनी चिनी मिल नवलपरासीका सञ्चालक मनोज अग्रवाल प्रक्राउ परेका छन्। अग्रवाल पर्साको वीरगंज–७ बाट बिहीबार पक्राउ परेको प्रहरीले जनाएको छ। 

    पश्चिम नवलपरासी प्रहरीको अनुरोधमा अग्रवाललाई पक्राउ गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए। वीरगंजमा लुकेर बसेको अवस्थामा अग्रवाललाई पक्राउ गरिएको उनले बताए।

    अग्रवालविरुद्ध पश्चिम नवलपरासी प्रहरीमा ठगी मुद्दा दर्ता भएको सिंहले जानकारी दिए। पक्राउ गरिएका अग्रवाललाई पश्चिम नवलपरासी पठाउने तयारी भइरहेको डिआइजी सिंहले बताए।