images

शनिवार, बैशाख २२ गते २०८१

कोरोना कहरका कारण धरासायी बनेको पर्यटन व्यवसायले बिस्तारै गति लिँदै, ठुला होटल भने अझै खुल्न सकेनन्

कोरोना कहरका कारण धरासायी बनेको पर्यटन व्यवसायले बिस्तारै गति लिँदै, ठुला होटल भने अझै खुल्न सकेनन्

images
images
images
बुधवार, पौष १५ २०७७
बुधवार, पौष १५ २०७७
  • कोरोना कहरका कारण धरासायी बनेको पर्यटन व्यवसायले बिस्तारै गति लिँदै, ठुला होटल भने अझै खुल्न सकेनन्

    बुटवल। कोरोना कहरका कारण सर्वाधिक ध्वस्त भएको क्षेत्र मध्ये एक आन्तरिक पर्यटन ब्यबसाय क्षेत्रको पुनःप्रबद्र्धनका लागि तिनै तहका सरकार उदासिन बनेको गुनासो सरोकारवालाले गरेका छन्। पछिल्लो समय बिस्तारै तंग्रिदै आएको पर्यटन ब्यबसायका लागि सरकारले उपयुक्त राहात प्याकेज नल्याएको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त समेत गरेका छन्। 

    images
    images
    images

    कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण खासगरि होटेल ब्यबसाय क्षेत्र झण्डै आधा बर्ष नै पुर्ण प्रभावित भएको थियो। गत असोजदेखि बिस्तारै गति लिन थालेको होटेल ब्यबसायले अहिले केही राहतको महशुस गरेको र पर्यटकिय क्षेत्रमा मानिसहरुको चहलपहल बढ्न थालेको ब्यबसायीहरु बताउछन्। 

    IMG-20201229-WA0013.jpg

    सरकारले मास्क, पन्जा, स्यानिटाईजरको प्रयोग, भौतिक तथा सामाजिक दुरी लगाएतका जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर ब्यबसया संचालन गनदिर्ने निर्णय गरेपछि पछिल्लो समय पर्यटन ब्यबसायको क्षेत्रमा बिस्तारै मानिसहरुको चहलपहल बढ्न थालेको उनिहरुले बताएका छन्। महिनौसम्म कोरोना सर्छ कि भनेर यात्रा गर्नै नखोज्ने यात्रुहरु पनि बिस्तारै सतर्कता र सजगता अपनाउदै घुमफिर गर्न र पर्यटकिय क्षेत्रमा पुग्न थालेको होटेल तथा पर्यटन ब्यबसायी माधव नेपाल बताउछन्। यहाँका पार्क, तालतलैया, धार्मिक एवं पर्यटकिय स्थलहरुमा मानिसहरु आउन थालेको र होटेलहरुमा ग्राहकहरु बढ्न थालेकोले केही आशा पलाएको नेपालको भनाई छ। 

    राहात प्याकेजको माग 

    कतिपय होटल खुलेपनि पाहुना (गेष्ट) नभएका कारण होटल व्यवसाय धरासायि अबस्थामा रहेको होटल एसोसियसन नेपाल (हान)का केन्द्रिय सदस्य तथा ड्रिमल्याण्ड गोल्ड रिर्सोटका कार्यकारी अध्यक्ष गोपाल रानाको भनाई छ। उनले स्टार लेवलका होटलमा आउने बिदेशी पर्यटक नआएका कारण कतिपय ठुला होटलले ताला लगाएर बसेको तथा खुलेका होटल पनि गेष्टको अभावमा बन्द जस्तै रहेको उल्लेख गरे। रुपन्देहीका तारे तथा ठुला होटल बिदेशी पर्यटकको भरमा चल्ने गर्दछन्। यहाँका ठुला होटलमा भारत लगाएत बौद्धिष्ट मुलुकहरु थाईल्यण, कोरीया, चीन, भियतनाम, श्रीलङका लगाएतका देशबाट पर्यटक आउने गर्दथे। यी होेटल आन्तरिक पर्यटकले मात्रै धान्न नसक्ने व्यवसायिहरुको भनाई छ। उनले होटल व्यवसाय सञ्चालनका लागि सरकारले न्युनतम ३ बर्षका लागि निशुल्क राहत प्याकेजमा लोनको व्यवस्था गर्नु पर्नेमा जोड दिए। उनले सरकारले राहतको व्यवस्था नगरे व्यवसायबाट हात धुनु पर्ने बताए। 

    dreamland.jpg

    होटल निर्माणा भैरहवाका निर्देशक धर्मबहादुर केसीले कोरोना माहामारीका कारण बन्द रहेको होटल अहिले सम्म पनि खुल्न नसकेको बताए। उनले आन्तरिक पर्यटकले मात्रै होटल सुचारु हुन नसक्ने भन्दै सरकारले नेपाल भारत सिमा नाका खुला गर्न आग्रह गरे। आर्थिक मेरुदण्डको रुपमा रहेका होटल तथा पर्यटन क्षेत्रलाई सुदृण गर्नका लागि आबश्यक राहत प्याकेजका साथै बिदेशी पर्यटक आउने बातावरण मिलाउन आग्रह गरे। होटल बन्द भएका कारण करोडौ रुपैया नोक्सान भएको भन्दै सरकार आफ्नै किचलोमा फस्नुको सट्टा व्यवसायिको हितमा लाग्न आग्रह गरे। 

    होटल पौवा भैरहवाका प्रबन्धक बिष्णु भण्डारीले होटल खुले पनि पर्यटकको अभावमा भने व्यवसाय पुर्ण रुपमा चल्न भने नसकेको बताए। ६ महिना सम्म पुर्णतया बन्द रहेको होटल पछिल्ला केहि दिन यता गती लिन थालेको बताउदै उनले सरकारले पर्यटन क्षेत्रको बिकासका लागि राहतका प्याकेज ल्याउन आग्रह गरे। राजनीतिक घटनाक्रमका कारण सभा, सम्मेलन लगाएतका कार्यक्रम भईरहेका छन्। कतिपय पार्टिले होटलमै कार्यक्रमहरु गर्ने गरेका छन्। 

    IMG-20201229-WA0003.jpg

    कोरोनाका कारण मानिसहरुले समयसमयमा भ्रमण गर्ने, पिकनिक जाने, आफन्त र ईस्टमित्रहरुको जमघट गर्ने लगाएतका क्रियाकलापहरु स्थगित गरेका थिए। कोरोना भाईरसको संक्रमण पनि बिस्तारै नियन्त्रण हुँदै गएको र संक्रमितहरुको संख्या पनि घट्दै गएकोले सामाजमा गतिबिधीहरु पनि क्रमशः बढ्दै गएको हुनसक्ने बुद्धिजिवीहरुको भनाई छ। केही समययता मुलुकमा राजनैतिक घटनाक्रमले पनि नयाँ मोड र नयाँ गति लिएकोले राजनैतिक गतिबिधी पनि बढ्न थालेको र यसले पर्यटन ब्यबसायमा सकारात्मक प्रभाव पर्न थालेको व्यवसायि बलबहादुर आचार्यको भनाई छ। यसले सबै क्षेत्र चलायमान बनाउदै लगेको र आर्थिक गतिबिधी पनि बढेकोले आचार्य बताउछन्। 

    मुलुकको आर्थिक बिकासको मुख्य मेरुदण्डका रुपमा रहेको उद्योग ब्यबसाय क्षेत्रसँगै कृषि  र पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि सरकारले बिशेष कार्यक्रमहरु ल्याउनु पर्ने धारणा सरोकारवालाको छ । बिशेषगरि यातायात, होटेल र पर्यटन ब्यबसायको क्षेत्रमा पर्न गएको असर न्यूनिकरण गर्दै प्रबद्र्धन र बिकासका लागि सरकारले नयाँ योजनाहरु ल्याउनु पर्ने माग उनिहरुको छ। 

    जनस्वास्थ्यप्रति सजग र सतर्कता अपनाउदै आर्थिक गतिबिधि पनि बढाउनु पर्ने बर्तमान परिस्थिीतीमा सरकार गम्भिर भएर सरोकारवालासँग छलफल र समन्वय गर्दै अघि बढ्नुपर्ने अहिले अपरिहार्यता भएको पर्यटन एवं संस्कतिबिद् डा. गितु गिरीको धारणा छ। जसरी सरकारले कोरोना भाईरसको नियन्त्रणका लागि तदारुकता देखाउदै प्रभावकारी कदमहरु संचालन गर्यो त्यसरीनै मुलुकको सर्वांगिण बिकासमा टेवा पुराउने उद्योग ब्यबसाय क्षेत्रको संरक्षण, प्रबद्र्धन र बिकासका लागि पनि उत्तिकै महत्वका साथ हेर्नुपर्ने बेला आएको डा. गिरीको भनाई छ। 

    उता केन्द्र सरकार र प्रदेश सरकारले होटेल तथा पर्यटन क्षेत्रको नवप्रबद्र्धनका लागि कार्यक्रम ल्याउने तयारी गरिहेको प्रदेश सरकारका पर्यटन मन्त्री लिला गिरीले बताए। संघिय सरकारसँग परामर्श भैरहेको र पर्यटन पुनः प्रबद्र्धनका लागि उपयुक्त राहातको कार्यक्रम ल्याउन आग्रह गरिएको बताउदै मन्त्री गिरीले पर्यटन ब्यबसायीलाई बैंक ब्याजमा अनुदान छुटको ब्यबस्था मिलाईने बताए।  

    लामो समय बितिसक्दा पनि सरकारले पर्यटन ब्यबसायीहरुलाई राहत प्रदान गर्ने खालको कार्यक्रम नल्याएकोमा सम्बन्धित क्षेत्रका मानिसहरुको गुनासो छ्। नेपाली अर्थतन्त्रको सवलीकरणमा महत्वपुर्ण भुमिका खेल्न मेरुदण्डका रुपमा रहेको होटेल तथा पर्यटन उद्योग तथा ब्यबसायलाई सरकारले उपेक्षा गरेको भन्दै सम्बन्धित क्षेत्रका अगुवाहरुले चिन्ता ब्यक्त गर्दै आईरहेका छन्।। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij