images

शुक्रवार, बैशाख ७ गते २०८१

अमर ज्योती स्कूल : नाम जस्तै अटल र अमर

अमर ज्योती स्कूल : नाम जस्तै अटल र अमर

बन्यो अपाङ्गता बालबालिकाको सारथी

images
images
images
शुक्रवार, माघ २७ २०७९
शुक्रवार, माघ २७ २०७९
  • अमर ज्योती स्कूल : नाम जस्तै अटल र अमर

    भैरहवा । रुपन्देहीको खजाना स्थित पक्लिहवा रोडमा अमरज्योती बौद्धिक अपाङगता केन्द्र छ । वि.स १९८६ सालमा एक गैरसरकारी सस्थाले संचालन गरेको उक्त अपाङ्गता केन्द्रमा हाल ३४ जना बौद्धिक अपाङगता भएका बालबालिकाले अध्ययन गर्ने गर्दछन् ।

    images
    images
    images

    बौद्धिक अपाङ्गता भएका बालबालिकाले पनि सपाङग सरह पढाई लेखाई गर्न पाउनु पर्ने अधिकारलाई शुरक्षित गर्नका लागि उक्त सस्थाले केहि समयसम्म सञ्चालन गर्‍यो । बौद्धिक अपाङ्गता भएका बालबालिकाको सेवाको लागि खोलिएको उक्त सस्थालाई सहज रुपमा सञ्चालन गर्न निकै कठिन भयो । पटक पटक बन्द गर्न स्थानियको दवाव र सरकारी तथा अन्य क्षेत्रको असहयोगका कारण निकै ठुलो समस्याको सामना लामो समयसम्म गरिरहनु पर्‍यो । कारण थियो विद्यालय सञ्चालन गर्ने संस्था क्रिश्चियन हुनु ।

    क्रिश्चियन समुदायले नेतृत्व गरेर सञ्चालन गरेको उक्त सस्थामा बालबालिकालाई अध्ययन गर्न पठाए बालबालिका पनि क्रिश्चियन हुन्छन् की भन्ने डर अभिभावकमा थियो । उनीहरुले बालबलिकालाई क्रिश्चियन धर्ममा लगाउछन् भन्ने मनोबिज्ञानका कारण त्यहा अध्यापन गराउने शिक्षक, शिक्षिकालाई निकै समस्या पर्‍यो । स्थानियको गलत टिकाटिप्पणीका कारण बेला मौका संस्था नै बन्द गर्न बिभिन्न खालको दवाव पनि आईरह्यो । तर पनि आफ्नो अडानलाई चट्टान जस्तै बनाएर राखेका कारण बन्द नगरी निरन्तर सञ्चालन गररहे ।

    सामाजिक अवरोधका कारण उक्त गैरसरकारी सस्थाले काम गर्न नसकेर वीचमै छोडेर जानु परेको अमर ज्योती स्कुलकी प्रिन्सिपल सिस्टर एल्सी जोनले बताईन । उक्त सस्थाले वीचमा छाडेर गएपछि भारतको केरलाबाट मिस्टर जर्ज र उनकी धर्मपत्नी मेरीले फेरि यो सस्थालाई नयाँ ढङगले निरन्तरता दिए । उनिहरुलाई पनि यो समाजले सहज रुपमा काम गर्न दिएन । ‘यो समाज र समाजका मानिसको सोचमा परिवर्तन ल्याउन एउटा युद्ध लडेजस्तै गरी लड्नु परेको थियो प्रिन्सिपल एल्सीले खबरपात्रोसंग भनिन मानविय सेवाका लागि आएकाहरुलाई समाजले यसरी थिचोमिचो गर्ला भन्ने कहिल्यै लागेको थिएन । तर, बिडम्बना त्यहि भोग्नु पर्‍यो ।’

    Principal.jpg

    अपाङता भएका व्यक्ती कुन घरमा कुन अवस्थामा छन् भन्ने पत्ता लगाउन धेरै गारो थियो उनीहरुलाई । दुःख सुख गरेर बालबालिका पत्ता लगाईहाले पनि अपाङता भएका बालबालिकालाई केन्द्रसम्म ल्याउनका लागि उस्तै अप्ठ्यारो थियो । जब हामी घरघरमा पुगेर बौद्धिक अपाङगता भएका बालबालिकाको हेरचहाको लागि घरदैलो पुग्थ्यौ त्यस बखत क्रिश्चियन धर्मको प्रचार प्रसार गर्न आए भन्दै हामीलाई गेटबाटै र्फकाईदिएका घटना सम्झदा अहिले पनि मन खिन्न भएर आउछ, प्रिन्सिपल एल्सीले भनीन । तर, बिद्यालयमा पठन पाठन गर्ने बिद्यार्थी तथा शिक्षकहरु अहिले सम्म एक जनापनि क्रिश्चियन बनेका छैनन् ।

    समाजको दबाबका कारण मिस्टर जर्ज र उनकी धर्म पत्नी मेरीलाई पनि यँहा बस्न असहज भयो । त्यही बिचमा काठमाण्डौमा रहेको क्याथोलिक समाजको सम्पर्कमा पुगेका उनीहरुले आमुल्य नाथ शर्मासंग सम्पर्क गरे । त्यस लगत्तै फादर इन्चार्ज शर्माले भारतको नौतनवामा रहेको होलिक्रस स्कुलमा सम्र्पक गरी हामीहरुलाई यो सस्था संचालन गर्न आग्रह गर्नु भयो । यस्तो खालको संस्था रुपन्देही जिल्लामै थिएन । यो संस्था चलाउन धरै चुनौतीहरु पार गर्नु पर्ने हुँदाहुदै पनि बि.स १९८७ सालमा हामीहरुको जिम्मामा १५ जना अपाङगता भएका  बच्चाहरु लिएर सेवा सुरु गरेकोे एल्सीको भनाई छ ।  

    यो संस्था चलाउन आफैमा असाध्यै कठिन काम थियो । तर समाजलाई परिवर्तन गर्न पनि उत्तिकै आवश्यक थियो । अपाङ्गता भएका बालबालीका पनि हामी जस्तै बाच्न पाउनु पर्छ, उनिहरुलाई पनि माया, मोह, स्नेह, स्याहार, सुसार र सिकाईको जरुरी छ भन्ने ठानेर उनिहरको हक र अधिकारको लागि हामी दिन रात लागि पर्‍यौ उनले भनीन ।

    अपाङ्गता भएका बालबालिकालाई घर परिवारले नै अपहेलना गर्ने, एक्लै कोठामा थुनेर राख्ने, बाहिरी वातावरणमा हिड्डुल गर्नबाट बन्देज गर्ने तथा घरबाटै निकाल्ने जस्ता दुव्र्यवहार उनीहरु माथि परिवारबाटै भईरहन्थ्यो । तर, उक्त सस्थाले भने बौद्धिक अपाङ्गता बालबालिकाहरुका लागि आर्थिक र सामाजिक दुवै रुपमा समेत सहयोग गरिरह्यो ।

    संस्थालाई यहाँसम्म ल्याउन धेरै कसरत गर्नु परेको प्रिन्सिपल एल्सीको भनाई छ ।  बिद्यालय सम्म आउनेहरुलाई बिद्यालयमा ल्याएर अध्ययन अध्यापन गराउने, आउन नसक्ने बालबालिकालाई बालबालीकाकै घरमा गएर सेवा गर्दै आएका छौं उनले भनीन आफैले जन्म दिएको दुई सन्तान मध्ये एक अपाङ र अर्को सपाङ छ भन्ने उनीहरुलाई गर्ने व्यवाहार नै घर परिवारबाट नै फरक हुदो रहेछ, हामीले त्यो नमिठो अनुभव पनि गर्‍यौ । स्वस्थ बच्चाले शारिरिक, मानसिक रुपमा प्रतिक्रिया देखाउने बोल्ने गर्दछ भने बौद्धिक अपाङ्गता भएकाले राम्रोसंग प्रतिक्रिया देखाउन नसक्ने हुदा उनिहरुलाई विशेष स्याहार सुसारको अवश्यकता हुन्छ ।

    यस्ता खालका बालबालीकाले दुःख नपाउन भन्ने उद्धेश्यले हामिले डे केयर सेन्टर चलाएका हौ, हिजोको दिनमा विभिन्न खालका बाधा, व्यवधान र अवरोध आएपनि  आज भोलि भने पहिले भन्दा धेरै सहज भएको छ डे केयरकी ईन्चार्ज सिस्टर ईन्दीराले भनीन । आजभोली बालबालिकालाई घर परिवारले पनि हेर बिचार गर्ने, स्कुल पनि पठाउने गर्नु हुन्छ । हामीहरु पनि हरेक आईतबार बालबालिकाको घर घरमा पुगेर बालबालिकाको केयर गरेर आउने गर्दछौ उनले भनीन त्यसका लागि हामीले प्रत्येक आईतबार सिस्टरहरुलाई होम भिजिटमा पठाउने गरेका छौं ।

    डे केयरमा शिक्षिका अनीता जाेशीले डेकेयर सेन्टरको सुरुवाति चरणबाटै बौद्धीक अपाङता भएका बालबालिकाको हेरचाहामा ३७ बर्ष देखि निरन्तर लागिरहेकी छन् । काम गर्ने सिलसिलमा शुरुवाती चरणमा ५/७ महिना त बेतलबी सेवा गरेको अनुभव सुनाउछिन् । डे केयरमा बालबालिकाको रुचिका विषयलाई प्रथमीकता दिएर सिकाई हुने गरेको शिक्षिका जाेशीकाे भनाई छ ।

    उनले भनीन हामीले उनीहरुलाई कसरी बस्ने, खाने, आफ्ना सामानको कसरी स्याहार गर्ने भनेर व्यवहारिक ज्ञान दिने देखि लिएर खेलकुद, व्याम, योगा सहित नाच्न र गाउन पनि सिकाउने गरेका छौैं । साथै रुचि अनुसारका कामहरु चित्रकला, सिल्पकला, डेकोरेशन, सिलाई, बुनाई र रुचि अनुसार योगा पनि सिकाउने गर्दछन् । 

    डे केयर चलाउन अमर ज्याेती स्कुल सञ्चालन

    अमर ज्योति बौद्धिक अपाङगता सेन्टरको नामबाट सञ्चालित डेकेयर सेन्टरको सञ्चालन स्वामित्व अमर ज्योति स्कुलले लिएको छ । यही डेकेयर सेन्टरलाई पुर्ण रुपमा सञ्चालन गर्नका लागि अमर ज्योती स्कुलको सञ्चालन गर्नु परेको प्रिन्सीपल एल्सीले जानकारी दिइन ।

    अमर ज्योजि खोल्नुको मुल उद्धेश्य नै डेकेयर सेन्टरलाई सहज रुपमा सञ्चालन गर्नका लागि थियो, उनले भनीन वि.स १९९२ सालमा ७ जना बालबालिका लिएर नर्सरी कक्षाबाट शुरु गरिएको यस बिद्यालयमा अहिले दश कक्षासम्म पठन पाठन हुने गरेको छ ।

    अहिले यस बिद्यालयमा १ हजार एक सय बालबालिकाले अध्ययन गरिरहेका छन् ।   बिद्यालय बिद्यार्थीहरु संख्यामा मात्र अब्बल नभई अनुशाशन, पढाई लेखाई र सिकाई पनि उतिकै अब्बल रहका छन् । बिद्यालय भनेको अक्षर सिकाउने र पाठ्य पुस्तक मात्र पढाउने, लेखाउने मात्र नभएर व्यवहारिक ज्ञान सिप सिकाउने एउटा पवित्र मन्दिर पनि हो प्रिन्सिपल एल्सीको बुझाई छ । जुन पठन पाठन अहिले हुन्छ, भोलि गएर व्यवहारमा उर्तान सकुन भन्ने हेतुले हामीले यस विद्यलयका बालबालिकाहरुलाई विभिन्न खालका कला, सस्कृति, व्यवहारीक ज्ञान सिकाउदै आएका छौ । बिद्यालयले बिद्यार्थीहरुका लागि ल्याब र लाइबेरीकाे पनि व्यवस्था गरेकाे छ । 

    ammar jyoti mid.jpg
    अमर ज्योती स्कूलका ल्याबमा  विद्यार्थीहरु 

    अमर ज्योतीमा अध्ययनरत बिद्यार्थीहरु बास्तवमै अनुशासित तथा शिक्षण सिकाईमा पनि उक्तिकै अब्बल रहेका छन् । यो कुरालाई पुष्टाउनका लागि बिद्यालयमा पुगेर केहि समय सामान्य घुमघाम र बुझ्न चाहेमात्र हुन्छ । हाम्रो विद्यालयको बालबालिकाहरुले ब्यवहारिक ज्ञान हासिल गरिरहेका छन् जुन भोलिको दिनमा काम लागोस भन्ने हाम्रो मुल चाहना हो, उनले भनीन । 

    उनले भनिन्, पहिला डेकेयर सेन्टर चलाउदै गर्दा आर्थिक समस्या निकै आयो, समाजमा अपाङता भएका बालबालिकालाई गरिने व्यवहारमा परिवर्तन ल्याउनको लागि अमर ज्योति स्कुल खोल्नु परेको हो उनले भनीन । अमर ज्योतिले त्यहा पढ्ने बिद्यार्थीको मासिक शुल्कबाट डे केयर चलाउदै आएको र आर्थिक रुपमा मात्रै नभएर सामाजिक र भावनत्मक रुपमा दुबै तर्फका बच्चाहरुलाई एकले अर्काेलाई गर्ने व्यवहारमा परिवर्तन गर्ने काम गर्दै आएको छ ।

    बिद्यालयले बौद्धिक अपाङता भएका डे केयरमा रहेका बालबालिका र अमर ज्योतिका बालबालिका बिच संयुक्त कार्य गरी दुबैमा चिरपरीचित गराई घुलमिल हुने खालका कार्यक्रमको आयोजना समेत गर्ने गरेको छ । यसो गर्दा दुबै बालबालिकामा भाईचारको भावना र असल सस्कारको जन्म हुने बिद्यालयको बुझाई छ ।

    ammar jyoti fam.jpg
    अमर ज्योती डे केयरमा रहेका विद्यार्थीसँगै शिक्षिकाहरु

    दुबै तर्फका बालबालिकाले बनाएका विभिन्न कलाकृति, हस्तकलाबाट बनेका सामानहरुलाई मेला, महोत्सवमा प्रर्दशन गरी बिक्रि गर्ने उक्त कार्यबाट संकलन भएको रकम अपाङ्गता भएका बालबालिकाको नाममा राख्दै आएको र उनिहरुको कठिन अवस्थामा प्रयोग गदै आएको बताइन । बिद्यालयलाई यो अबस्थामा ल्याउनका लागि विद्यालयमा कार्यरत शिक्षक, शिक्षीका, अभिभावक तथा स्थानियको हरुको ठूलो ओग्दान रहेको छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij